ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं पाँचका विभिन्न दलका नेताद्धारा मतदान


admin
१४ असार २०७४, बुधबार   ३ : ५३   बजे

बुटवल, १४ असार । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा विभिन्न दलका शीर्ष नेताहरुले आज आ–आफ्नो मतदाता नामावली रहेको स्थानबाट मतदान गर्नुभएको छ ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बुटवल– ८ को सडक विभाग मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले पनि आफ्नो निर्वाचन क्षेत्र रहेको तिलोत्तमा नगरपालिका– ८ बाट मतदान गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री दीपक बोहराले पनि आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सिद्धार्थनगर नगरपालिका–३ बाट मतदान गरिसक्नुभएको छ ।

नेकपा एमालेका केन्द्रीय सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले गुल्मी जिल्लाबाट मतदान गर्नुभएको छ । एमाले सचिव ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका अन्तर्गत बम्घा निमावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको छ । यस्तै अर्का सचिव विष्टले इस्मा गाउँपालिका अन्तर्गत रामराज्य उच्च मावि दोहनी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
यस्तै (माओवादी केन्द्र)का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– १२ स्थित राखिचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
गुल्मी क्षेत्र नं– २ का सांसद तथा नेपाली काँगे्रसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले छत्रकोट गाउँपालिका– १ स्थित जनजागृति उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै काँग्रेस नेतृ तथा पूर्व राज्यमन्त्री सुवर्ण ज्वारचनले सत्यवति गाउँपालिका– ६ स्थित ज्ञानोदय प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभयो । यस्तै एमाले नेतृ रामकुमारी झाक्रीले गुल्मीकै मदाने गाउँपालिका–४ मेयलपोखरी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

 

यस्तै काँग्रेस नेता मानबहादुर विश्वकर्माले पनि सन्धिखर्क– २ बाट मतदान गर्नुभएको छ । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले पाल्पाको रामपुर नगरपालिका– ३ बाट मतदान गर्नुभएको छ भने एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पाल्पास्थित तानसेन नगरपालिका– ९ दमकडा केन्द्रबाट मतदान गर्नुभएको छ ।

निर्वाचनमा सबै मतदान केन्द्रमा मतदान सुचारु रहेको र मतदाताको मतदानका लागि उत्साहपूर्वक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा मतदाताको बिहानै देखिनै भिड लागेको छ । रुपन्देहीमा– दुई लाख २२ हजार १११ महिला, दुई लाख ४० हजार ४३० पुरुष र पाँच तेस्रो लिङ्गीसहित चार लाख ६२ हजार ५८६ मतदाता रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu