ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–दाहालबीच वान टु वान वार्ता, पार्टी एकता अन्तिम चरणमा


एबीसी न्यूज
२ जेष्ठ २०७५, बुधबार   १२ : २७   बजे

काठमाडौं, २ जेठ । एमाले र माओबादी केन्द्रबीचको पार्टी एकतालाई गति दिन दुई दलका अध्यक्षबीच वान टु वान वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा पछिल्लो समय देखिएका असमझदारी अन्त्य गर्दै एकतालाई टुंगोमा पुर्‍याउने बिषयमा छलफल भएको हो ।
छलफलमा दुई दलबीच चाँडै एकता गर्ने सहमति भएपनि शीर्ष तहमा ठोस सहमती बन्न नसक्दा दुई पार्टीको एकता लम्बिदै गएको विषयमा गम्भिर रुपमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले दिए ।  यसबीचमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र आफ्नै पार्टीका दोस्रो तहका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

दुबै पार्टीका दोस्रो तहका नेताहरुले आपसी असमझदारीलाई स्पष्ट राख्दै एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेतृत्वमाथी दबाब दिईरहेको स्रोतले जानकारी दियो । दुवै अध्यक्षबीच सहमती बने आजै संयोजन समितीको बैठक बसी पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी रहेको एमाले निकट स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रसँगको एकता प्रक्रियाबारे छलफल गर्न एमालेले अपरान्ह स्थायी समिति बैठक बोलाएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजे बस्ने बैठकले माओबादी केन्द्रसँगको एकता प्रक्रियामा हालसम्म भएका प्रगति र आगामी रणनितिबारे छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । आगामी आर्थीक बर्षको निति तथा कार्यक्रम प्रस्तुत हुनु अघि नै एकता प्रक्रियालाई टुंग्याउने हिसावले दुबै दलले गृहकार्य गरिरहेको माओवादी केन्द्रको उच्च श्रोतले जनाएको छ । सम्भवत ७ गते अघिनै पार्टी एकता हुन सक्ने स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group