ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताको उतारचढावपूर्ण सात महिना ( ‘एकता साना दुःखले आर्जेको विषय पक्कै होइन र थिएन पनि ’ )


एबीसी न्यूज
४ जेष्ठ २०७५, शुक्रबार   ८ : १८   बजे

काठमाडौँ, ४ जेठ ।   एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ ।

गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए ।

फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नेपाली समाजमा सकारात्मक चेतनाको सञ्चार गरिदिएको छ । सात महिनाको अवधिमा अनेकन विवाद, शंका र आशंकालाई पूर्ण विराम लगाउँदै आजसम्म आइपुग्दा एकताले मूर्त रुप लिएको छ ।

एकता प्रक्रियामा सहभागी नेताहरुले जुनसुकै बेला पनि एकताको घोषणा हुने सम्भावना रहेको बताउँदै आएका थिए । बुधबार तत्कालीन दुई पार्टीका अध्यक्षद्वयको महत्वपूर्ण र सघन छलफलपछि एकता प्रक्रियाले अन्तिम निष्कर्ष पाएको हो ।

वाम गठबन्धन बनाएर एकता प्रक्रियामा सहभागी हुँदा तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र र उम्मेदवारसहित जनतामा जाँदा नै एकताको सन्देश प्रवाह भइसकेको थियो ।

राष्ट्रियसभा गृहमा विहिवार नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र समारोहमा नेताहरुले व्यक्त गर्नुभएको विचारलाई नै आधार मान्ने हो भने पनि ‘एकता साना दुःखले आर्जेको विषय पक्कै होइन र थिएन पनि ।’

नेपालको कम्युनिस्ट पार्टी स्थापनादेखि नै गुटबन्दी, टुटफुट र विभाजनको रेखाबाट अगाडि बढेको हो । विसं २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २००८ सालदेखि नै गुटबन्दीको शिकार भएको नेताहरुको टिप्पणी छ । विधिवत् रुपमा त २०१९ सालदेखि नै पार्टीमा विभाजन शुरु भएको हो ।

पछिल्लो पटक २०७४ असोज १७ गतेदेखि सुरु भएको एकता प्रक्रिया जेठ २ गतेसम्म आइपुग्दा एउटा इतिहास कोर्न सफल भएको छ । विघटित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का शब्दमा ‘अनेकन आशंकाका बीचमा एकता प्रक्रिया एउटा निष्कर्षमा पुगेको छ, यो नेपाली जनता र देशको आवश्यकताका आधारमा भएको हो ।’

वामगठबन्धन निर्माण गर्ने दिन असोज १७ गते नै एकता संयोजन समिति गठन गरिएको थियो । सुरुमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई समेत सो प्रक्रियामा सहभागी हुनुभएको थियो । तरपछि निर्वाचनको प्रक्रियामा सहमति नभएको भन्दै उहाँ यसबाट बाहिरिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निार्वचनलाई केन्द्रमा राखेर दुई पार्टीले गत कात्तिक २१ गते संयुक्त घोषणापत्र सार्वजनिक गरे । नेपालको इतिहासमा दुई ठूला कम्युनिस्ट पार्टीले निर्वाचन प्रयोजनाका लागि सार्वजनिक गरेको संयुक्त घोषणापत्र नै पहिलो थियो ।

एकता घोषणा कहिले गर्ने भन्ने बारेमा नेताहरुका फरक फरक धारणा सार्वजनिक हुन्थे । विभिन्न आशंका र अनेकताका खबर पनि आउने गरेका थिए । तर बुधबार ११ बजे पछिका घटनाक्रमहरु एकाएक सार्वजनिक हुन थाले । जुन विगतमा घोषणा गरिएजस्तै अप्रत्यासित लाग्ने खालका थिए ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एक्काएक्लै वार्ता भयो । वार्तामा सहजीकरण र आवश्यक सहयोगको जिम्मेवारीमा नेताद्वय विष्णु पौडेल र जनार्दन शर्मा हुनुहुन्थ्यो । सो बैठकले एकता घोषणा गर्न एकता समितिको बैठक बोलाउने निर्णय गरेको थियो । बुधबारै अपराह्न ४ बजे एमाले स्थायी समिति बैठक बस्यो र पार्टी एकताका लागि भएको सहमति अनुमोदन गरियो । बुधबार नै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्यो र एकता घोषणा अनुमोदन गर्ने निर्णय ग¥यो ।

विहिवार विहान आठ बजे २५ औं मदन आश्रित स्मृतिमा पहिलो पटक ओली र दाहाल सहभागी हुनुभयो । सो लगत्तै विहान ११ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्यो । सो बैठकलगत्तै एमाले केन्द्रीय समितिको बैठक बस्यो ।

सो लगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बस्यो । एकताको सम्पूर्ण प्रक्रिया बारेमा अध्यक्ष दाहालले जानकारी गराउनुभयो । अपराह्न १५ बजे दुवै पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्यो र एमाले तथा माओवादी केन्द्र विघटन गरी नेकपाको सदस्यका हैसियतले शपथ ग्रहण गराइयो ।

शपथ ग्रहणलगत्तै निर्वाचन आयोग पुगेर एकीकृत पार्टीले पार्टी दर्ताका लागि निवेदन दियो । साँझ राष्ट्रियसभा गृहमा घोषणासभाको आयोजना गरेर दुवै पार्टी एक भएको जानकारी दिइयो ।

एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो ।

निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ ।

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा सोही पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत सोही पार्टीको बहुमत छ ।  एकतापछि नेपालको इतिहासमा यो नै पहिलो र ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group