ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्कृति र कलाको विकास नभई समृद्दि नहुनेः मन्त्री अधिकारी


एबीसी न्यूज
६ जेष्ठ २०७५, आइतबार   ७ : ४७   बजे

 

काठमाडौँ, ६  जेठ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संस्कृति तथा कलाको विकास नभई देशको समग्र विकास नहुने बताउनुभएको छ ।

सांस्कृतिक संस्थान, मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा साहित्य सन्ध्याद्वारा संयुक्तरुपमा  आयोजित ‘समृद्धिका लागि साहित्य’ विषयक छलफलमा उहाँले भन्नुभयो, “जुन दिनसम्म साहित्य, कला तथा संस्कृतिको विकास हँदैन, त्यो बेलासम्म देश समृद्ध भएको मान्न सकिँदैन ।”

उहाँले नेपाली जनतालाई सुखी बनाउने मुलभूत उद्देश्य पूरा गर्न सामाजिक न्याय, बेरोजगारलाई रोजगारीको सिर्जना तथा गरिबी अन्त्यका लागि सरकार जुटिरहेको बताउनुभयो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले पुर्खाले हामीलाई छाडेर गएको कला, संस्कृति तथा अद्वितीय धरोहरबाट नै संसारभर नेपाललाई परिचित गराएको बताउँदै कला, संस्कृति तथा संगीतलाई जीवन्त राख्न क्रियाशील हनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले प्रगतिशील आन्दोलनमा जीवनभर योगदान दिएका साहित्यकार तथा कलासाधकहरुको पनि सम्मान हुनुपर्ने बताउनुभयो ।

मदन भण्डारी कलासाहित्य प्रतिष्ठानका महासचिव डा देवी नेपाल, उपाध्यक्ष डा कृष्णप्रसाद घिमिरे तथा सचिव डा विन्दू शर्माले संयुक्तरुपमा तयार पार्नु भएको ११–बूँदे कार्यपत्र ‘समृद्घिका लागि साहित्य’ प्रस्तुत गरिएको थियो । कार्यपत्रमा साहित्यकारले मानव धर्म तथा विकास र समृद्घिका लागि आफ्नो चेतनालाई प्रयोग गर्न आह्वान गरिएको छ ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले प्रगतिशील कविहरुलाई आफ्ना रचना वाचन गर्न मञ्च प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा कविहरु रामप्रसाद ज्ञवाली, विधान आचार्य, लक्ष्मी माली, अनिता लामा, विना थिङ, रमेश शुभेच्छुक, आर एम डंगोललगायतले कविता वाचन गर्नु भएको थियो । सो अवसरमा नेकपा (एमाले) का तत्कालीन महासचिव स्व मदन भण्डारीको जीवन र योगदानबारेको गीति भिडियो पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group