ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा दल दर्ता प्रक्रिया रोकियो


admin
१४ जेष्ठ २०७५, सोमबार   ५ : २०   बजे

 

काठमाडौं, १४ जेठ । नाम र केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी दल दर्ता प्रक्रिया रोकिएको छ ।

पार्टी दर्ताका लागि जेठ ३ गते नै आवेदन दिएको भए पनि निर्वाचन आयोगले छलफल गर्न बाकि भन्दै अहिलेसम्म दर्ता प्रमाणपत्र उपलव्ध नगराएको हो । आयोगमा ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि नेकपाले नामको मुनी अन्डरलाईन लगाउँदै दर्ताको लागि आग्रह गरेको थियो । यसैबिच नेपाल कम्युनिष्ट पार्टीका नेताहरु दल दर्ताको लागि थप कागजपत्र सहित सोमबार निर्वाचन आयोग पुगेका छन् ।

सो पार्टीका नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायतले आयोगमा पुगेर ४ सय ४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता प्रमाणपत्रको फोटोकपी तथा अन्य आवश्यक विवरण बुझाएका हुन् । विवरण बुझाएपछि प्रतिक्रिया दिँदै नेम्वाङले नामको विषयमा निर्वाचन आयोगमा विचाराधिन रहेको बताउँदै आयोग निर्णय मान्य हुने बताउनुभयो ।

त्यस्तै नेकपा नेता देव गुरुङले पार्टीको नियमावली बन्दै गरेकोले बुझाउन बाँकी रहेको बताउनुभयो । उहाले राजनीतिक दलसम्बन्धी ऐनमा ३३ प्रतिशत महिला प्रतिनिधत्वको व्यवस्था भए पनि व्यवहारमा लागू भईनसकेको बताउनुभयो ।

नेकपाले पार्टी एकता गर्ने निर्णय, केन्द्रिय समितिको नाम, सचिवालयको नाम, घोषणापत्र आयोगमा बुझाइएको छ । नेकपाले एकता पछि ४ सय ४१ जनाको केन्द्रिय समिति बनाएको छ तर केन्द्रिय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता भने पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group