ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अब पनि क्रान्ति गर्छु भनेर देशलाई द्वन्द्वमा धकेल्न हुँदैन’, प्रधानमन्त्री ओली


admin
२१ जेष्ठ २०७५, सोमबार   २ : १०   बजे

काठमाडौ, २१ जेठ । प्रधानमन्त्री केपी ओलीले छिमेकी राष्ट्रसँग अनुचित कुनै पनि सम्झौता नभएको बताउनुभयो।

प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै ओलीले सार्वभौम समानताका साथ नै सम्बन्ध उठाएको बताउनुभयो । राष्ट्रियताको महत्व, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाभिमानको रक्षा छोड्न नसक्ने नेपाली मान्यता पनि उँहाले बताउनुभयो ।

बिग्रिएको छिमेकीसँगको सम्बन्ध नयाँ परिभाषासहित सुधारिएको उँहाको दाबी छ। ‘झुकेर कुनै सम्झौता भएको छैन,’ उहाले भन्नुभयो, ‘प्रधानमन्त्री पहिले कहाँ गयो, मुख्य प्रश्न होइन। राष्ट्रिय हित भयो कि भएन, त्यो मुख्य कुरा हो।’

नेपालको शान्ति प्रक्रियालाई विश्वले अनुशरण गरेको भन्दै उहाँले अमेरिका र उत्तर कोरिया पनि नेपालकै राजनीतिक संस्कार अनुसार नै अगाडि बढेको बताउनुभयो । ‘हिंसा आवश्यक छैन’, ओलीले भन्नुभयो, ‘नेपालमा विकासका लागि विखण्डन र द्वन्द्व रोक्नुपर्छ ।’

सरकारले पछाडि परेका र दुर्गमका नागरिकलाई अगाडि ल्याउने गरी काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले नेपाललाई द्वन्द्वमा धकेलिरहने काम अब कहिल्यै नआउने बताउनुभयो ।

‘अहिले शान्तिपूर्ण भने पनि पृथकतावाद लाद्नका लागि शान्तिपूर्ण भनिएको आरोप छ’, ओलीले भन्नुभयो, ‘अब पनि क्रान्ति गर्छु भनेर देशलाई द्वन्द्वमा धकेल्न हुँदैन ।’ उहाँले अहिलेको सरकारको काम कारबाही देशको नियम कानुनसम्मत भएर अगाडि बढ्ने जिकीर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group