ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोजनाको प्रगति बुुझ्न ऊर्जामन्त्री पुन देश दौडाहामा, निर्धारित समयमै काम सक्न निर्देशन


admin
२२ जेष्ठ २०७५, मंगलबार   ९ : ५०   बजे

काठमाडौं, २२ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ निर्माणाधिन राष्ट्रिय गौरवकासहित सिंचाइ आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा हिँडेका छन् ।

उनले मंगलबार मात्र बाँकेको अगैयास्थित सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गरेका छन्। आयोजनाको निरीक्षण गर्दै मन्त्री पुुनले आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिनुका साथै निर्धारित मितिमै काम सम्पन्न गर्न निर्देशन दिए।
नहरको काम सम्पन्न भएको ठाउँमा क्रमिक रुपमा किसानलाई पानी दिने तयारी रहेको मन्त्री पुनको भनाइ थियो ।

यसअघि उनले बर्दियाको भेरी–बबइ डाइभर्सन, पश्चिम राप्ती जनताको तटबन्धनको प्रगतिको जानकारी लिए। मन्त्री पुुनले भेरी–बबइ डाइभर्सनका मजदुरहरुसँग पनि छलफल गरेका थिए।
राप्तीपारीका समस्याका विषयमा जानकार रहेको बताउँदै मन्त्री पुनले विद्युत, सिंचाई र तटबन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताए।

ऊर्जा मन्त्री पुनले वर्षौदेखि समस्याका रुपमा रहेको विद्युत, सिंचाइ र तटबन्धको समस्या समाधान गर्न गुरुयोजना तयार पारिएको र छिट्टै स्थानीयहरुले महशुस गर्ने गरी प्रतिफल प्राप्त गर्ने प्रतिवद्धता समेत जनाए ।

राप्तीसोनारी र नरैनापुरको अवस्थाका बारेमा प्रदेश ५ की प्रदेशसभा सदस्य कृष्णा केसीले मन्त्री पुनलाई जानकारी गराएकी थिइन्। गाउँपालिकामा विद्युतको समस्या रहेको भन्दै तत्काल विद्युत लाईन विस्तारका लागि पहल गरिदिन आग्रह गरिन ।

ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले सम्बन्धित पक्षलाई युद्धस्तरमा गुणरस्तरीय काम गर्न निर्देशन दिएका थिए । मन्त्री पुुन बिहीबार मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu