ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बराम भाषाको पाठ्यपुस्तक “निगो बाल्कुरा” को बिमोचन


एबीसी न्यूज
२४ जेष्ठ २०७५, बिहिबार   ७ : ४२   बजे

गोरखा, २४ जेठ । नेपालको अतिसिमान्तकृत जाति मध्येको बराम जातिको मातृभाषामा आधारित पाठ्यपुस्तक “निगो बाल्कुरा” को एक औपचारिक कार्यक्रमकाबिच बिमोचन भएको छ ।

बराम समुदायको सघन बस्ती रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ ताकुकोटमा बिहिबार गाउँपालिका प्रमुख बिष्णु प्रसाद भट्ट, उपप्रमुख सनमाया गुरुङ र नेपाल बराम सँघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर बराम लगायतले बिमोचन गरेका हुन ।
२०६८ सालको जनगणना अनुसार नेपालभरी बराम जातिको कुल जनसँख्या८ हजार १ सय ४० रहेको तथ्याङ्कमा उल्लेख छ ।
गोरखा, धादिङ, चितवन, ललितपुर, नुवाकोट, मकवानपुर, तनहुँ लगायतका जिल्लामा छरिएर रहेको अतिसिमान्तकुत बराम समुदायको भाषा संरक्षण तथा जगेर्ना गर्नको लागी पछिल्लो समय नेपाल बराम सँघ लगायतका सम्बन्धित निकायहरु लागी परेका छन ।
भाषा संरक्षणको लागी बारपाक सुलिकोट गाउँपालिकाले ८ लाख रुपैया बजेट बिनियोजन गरिसकेको गाउँपालिका प्रमुख बिष्णु प्रसाद भट्टले बताए । उनले सुलिकोट गाउँपालिकामा बराम जातिकोबहुल्यता रहेको बताउदै लोप हुन लागेको भाषा तथा संस्कार संकृतीलाई संरक्षण गर्न नितिगत रुपमा अगाडी बढ्नेबताउछन ।

पछिल्लो समय बराम जातिको भाषा लोप हुन लागेपछि सम्बन्धित ब्यक्तिहरुलाई चिन्ता बढ्नु स्वभाबिक हो । सो पुस्तक बिमोचन पश्चात अनौपचारिक रुपमा अध्यापन सुरु गरीसकेको बताउदै भाषाको संरक्षण गर्न सरकारी तवरबाटै पहलकदमी हुनुपर्ने बराम जातिकोे अनुसन्धानकर्ता भद्र कुमारी बराम बताउछिन । उनले नेपाली वर्णमालाकै स्वर तथा व्यञ्जनवर्णद्धारानै शब्दहरु बन्ने भएकाले बराम सँगै गैरबराम समुदायले समेत सहजै भाषा सिक्न सक्ने बताउछिन ।

अतिसिमान्तकृत बराम समुदाय राज्यको प्रशासकिय पहुँच नजिक पुग्नुपर्ने र आफ्नो समुदायको पहिचान तथा अस्तित्व जोगाउनककै लागी अनौपचारिक भाषा सञ्चालन सँगै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको नेपाल बराम सँघका संस्थापक अध्यक्ष प्रेम बहादुर बरामको भनाई छ । उनले आगामी बर्षदेखी बारपाक सुलिकोट गाउँपालिका भित्र रहेका बिद्यालयहरुका १ दखी ३ कक्षा सम्म ऐच्छिक रुपमा औपचारिक शिक्षाको सञ्चालन गर्न कानुनी प्रकृया भैरहेको समेत बताए ।

भाषा तथा संस्कार सस्कृतीको जगेर्ना गर्न सरकारको पनि उत्तिकै दायित्व रहेको बताउदै बेवास्ता गरेको खण्डमा कानुनसम्मद अगाडी बढ्ने बरामको भनाई छ ।

अतिसिमान्तकृत बराम जातिको लोप हुन लागेको भाषा, धर्म र संस्कृती जगेर्ना गर्न स्थानीय तहमा मात्र पुस्तक बिमोचन भएर पुग्दैन ।यसको साच्चिकै संरक्षण गर्ने हो भने सरकारी तवरबाटै औपचारिक शिक्षामा समाबेश गरिनुपर्छ, त्यसैलेसम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

UK Power Plant Offline for Days Following Suspected Iranian Cyberattack

Nepal Prioritizes New School Education Bill with Stakeholder Input

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

भारत भ्रमणमा हतार छैन : राष्ट्रिय हितअनुकूल सहमति भए मात्र दिल्ली जाने बंगलादेशका प्रधानमन्त्री रहमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu