ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटनमा मात्रै ६४ लाख खर्च


एबीसी न्यूज
२५ जेष्ठ २०७५, शुक्रबार   ६ : ३०   बजे

सुर्खेत, २५ जेठ।  नयाँ वर्ष २०७५ को शुभारम्भसँगै शुरु भएकाे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ काे उद्घाटनमा करिब ६४ लाख रकम खर्च गरिएकाे विवरण सार्वजनिक भएकाे छ ।

प्रतिपक्ष दलका सांसदहरुले बिहीबार ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटनकाे खर्च र चालु आर्थिक वर्षको रातो किताब नआउनुको कारण माग गर्दै संसद अवरुद्ध गरेपछि सरकारले शुक्रबारकाे संसद बैठकमा खर्च विवरण सार्वजनिक गरेको हो ।

दोस्रो अधिवेशनको दसौं संसद् बैठकमा प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षमा भएको सम्पूर्ण खर्च विवरण संसदमा नै सार्वजनिक गरेका हुन् ।

ज्वालाका अनुसार पर्यटन वर्षको शुभारम्भमा ६३ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ । कुल खर्च मध्ये प्रदेश सरकारले ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डले १४ लाख ४० हजार बजेट खर्च गरेकाे अार्थिक मन्त्री ज्वालाले जानकारी दिए ।

खाना र खाजामा १७ लाख ४६ हजार अतिथि र सहभागीलाई पर्यटन वर्षको प्रचारका लागि वितरण गरिएको झोलाका लागि २ लाख, अतिथि र सहभागीको खाना र खाजामा १७ लाख ४६ हजार, अतिथिलाई उपहारमा ५ लाख ५४ हजार, पत्रकारलाई मुगुसम्म लैजान यातायात र आवासमा ६४ हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा जनाइएकाे छ ।

गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा पुगेर ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्नुका साथै देशवासीका नाममा सम्वाेधन गरेका थिए । टेलिभिजन जिंगलमा ४ लाख १२ हजार, रेडियोमा २ लाख​​​​​​​ यसैगरी, प्रचारप्रसारका लागि टेलिभिजन जिंगलमा ४ लाख १२ हजार, रेडियोमा २ लाख ५८ हजार पोस्टर लगायतका अन्य सामग्रीमा २ लाख, हवाई भाडा १० लाख २९ हजार, स्थलगत यातायत ७६ हजार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतमा ११ लाख ५० हजार, आवासमा ४ लाख ६२ हजार र स्थानीय तयारीमा २ लाख गरी जम्मा ६३ लाख ८१ हजार खर्च भएको ज्वाला जानकारी दिएका छन् ।

मितव्ययिता र आर्थिक अनुशासन सरकारको प्राथमिकता पर्यटन वर्ष शुभारम्भ लगत्तै नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुनु परेकाले खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको अार्थिक मन्त्री ज्वालाले स‌ंसद बैठकमा जवाफ दिएका थिए। मन्त्री ज्वालाले पर्यटन वर्षमा आर्थिक अनियमिता भएको भन्ने भनाई गलत भएको भन्दै मितव्ययिता र आर्थिक अनुशासन सरकारको प्राथमिकता भएकाे दावी गरे । पर्यटन वर्ष सँगसँगै ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ काे उद्घाटनका लागि कर्णाली प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu