ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्याधुनिक हतियार देखाएर ठेक्का कब्जा गर्ने ४ जनाको हतियार खोसियो


एबीसी न्यूज
२७ जेष्ठ २०७५, आइतबार   ९ : ०९   बजे

काठमाडौं , २७ जेठ । महानगरीय अपराध महाशाखाको टोलीले अत्याधुनिक हतियारको लाइसेन्स लिएर दुरुपयोग गर्ने ४ जनाको हतियार खोसेको छ ।

काभ्रेको उग्रचण्डी–२ का वीरेन्द्रलाल श्रेष्ठ, वाल्टिङ–४ का बलराम सापकोटा, सोलुखुम्बुको केरुङ–१ का आङ्काजी शेर्पा र मोरङको डाँगीहाट–१ का रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो ।

उनीहरुले हतियारको दुरुपयोग गरेको सूचना प्राप्त भएपछि सार्वजनिक शान्ति सुरक्षामा खतरा हुन सक्ने एवं कुनै पनि वेला जघन्य अपराध हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ११ बमोजिम उनीहरुलाई दिएको इजाजत पत्र रद्द गरेको थियो ।

त्यसपछि महाशाखाले उनीहरुको हतियार बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
हतियार खोसिएका श्रेष्ठ मिटरब्याजी र ठेकेदार हुन् । पोइन्ट टुटु बन्दुकको इजाजत लिएका उनले हतियार देखाएर ठेक्का कब्जा गर्दै आएको प्रहरी स्रोत बताउँछ । त्यस्तै, बलेसँग १२ बोर र अत्याधुनिक जीएस थ्री जर्मन हतियार थियो । उनको काठमाडौंका विभिन्न क्यासिनोमा लगानी छ ।

शेर्पासँग पनि जीएसथ्री बन्दुक थियो । उनको बालुवाको ठेक्कापट्टा व्यवसाय छ । मेनपावर व्यवसायी पुरीले मेनपावरमा आउनेलाई हतियार देखाउँदै तर्साउने गरेका थिए । प्रहरीका अनुसार बरामद हतियारलाई सरकारी कोषमा दाखिला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group