ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग


एबीसी न्यूज
३१ जेष्ठ २०७५, बिहिबार   ८ : ३३   बजे

 

नवलपरासी, ३१ जेठ ।  पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् ।

स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् ।

केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पर्याप्त शान्ति सुरक्षाको अभावमा स्थानीय तहमा प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो ।

विगत केही समययता जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं अध्यक्षलाई आपराधिक मानसिकता बोकेका अराजक तत्वले टेलिफोनमार्फत धम्काउने, भय, डर र त्राश देखाउने तथा ज्यान मार्नेसम्मका धम्की आउने गरेकाले स्थानीय तहका प्रमुखले सरकारसमक्ष यस्तो माग गरेका पाल्हिनन्दन गाउँपालिकाका प्रमुख दीपक गुप्ताले बताउनुभयो ।

समग्र जिल्लाको शान्ति सुरक्षाको स्थितिमा प्रश्नचिह्न खडा भएको भन्दै स्थानीय तहका प्रमुखले जिल्ला प्रशासनसहित सरकारलाई पर्याप्त मात्रामा शान्ति सुरक्षा कायम गर्न माग गरिएको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताउनुभयो ।

शान्ति सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर भई आपराधिक तथा अराजक तत्वप्रति कडा कारबाही गर्न स्थानीय तहका प्रमुखले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारीसमक्ष अपिलसमेत गरेका छन् ।

पश्चिम नवलपरासीका सातवटै स्थानीय तहका प्रमुखले सरकारसँग प्रभावकारी शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

American Teacher Reunited With Chinese Farmer After Decades-Long Friendship Blooms Into Forest

Nepali Lawmakers Demand Stricter Penalties For Rape Following Recent Incident

Supreme Court Allows Trump Administration To Pursue Mail Voting Restrictions

Haiti Reels After Deadly Gang Attack Kills At Least 30

Chinese Premier Li Qiang Meets With Jordan’s King Abdullah II

China’s Top Political Advisor Meets With U.S. Delegates

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu