ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ हवाई रुटका लागि आजबाट भारतसँग वार्ता


एबीसी न्यूज
३१ जेष्ठ २०७५, बिहिबार   १० : ५६   बजे

काठमाडौं, ३१ जेठ । आज बिहीबारबाट भारतसँग नयाँ हवाई रुटका लागि छलफल सुरु भएको छ ।
त्यसका लागि एयरपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपाल आएको हो । अब दुई दिनसम्म नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ रुटहरुबारे टुंगो लगाउने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट मागेको छ ।
‘यो वार्तामा कुल गरी महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको रुटबारे छलफल हुन्छ,’ लामिछानेले भने, ‘भैरहवा र विराटनगरबाट पनि विमान नेपाल प्रवेश गर्न दिन प्रस्ताव राख्छौं ।’
अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथा माथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग छलफल गर्न लागिएको हो ।

यसअघि सन् २०१० र २०१६ मा यस खालको छलफल भएको थियो । तर, यसअघिका छलफलहरु टुंगोमा पुग्न सकेनन् । सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन मानेको छैन । विभिन्न बोर्डरमा सैनिक क्याम्प रहेको र त्यहाँको सुरक्षामा अप्ठेरो पर्ने भारतको भनाइ छ ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ हवाई रुटहरु दिन सहमति जनाएका छन् । भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५र७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तरार्ष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

American Teacher Reunited With Chinese Farmer After Decades-Long Friendship Blooms Into Forest

Nepali Lawmakers Demand Stricter Penalties For Rape Following Recent Incident

Supreme Court Allows Trump Administration To Pursue Mail Voting Restrictions

Haiti Reels After Deadly Gang Attack Kills At Least 30

Chinese Premier Li Qiang Meets With Jordan’s King Abdullah II

China’s Top Political Advisor Meets With U.S. Delegates

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu