ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षभित्र उज्यालो प्रदेश: मुख्यमन्त्री राई


एबीसी न्यूज
१५ असार २०७५, शुक्रबार   ५ : २४   बजे

विराटनगर, १५ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्षभित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ र ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा तथा जर्मन सरकारको सहयोगमा आज यहाँ आयोजित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको उद्घाटन गर्दै उहाँले अँध्यारोमुक्त प्रदेश बनाउन सरकारले नवीकरणीय ऊर्जाको सबै स्रोत उपयोग गर्ने बताउनुभयो ।

नेपालको ग्रामीण तथा विकट क्षेत्रमा उज्यालो पु¥याउन नवीकरणीय ऊर्जाको निकै महत्व रहेको भन्दै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताउनुभयो ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री हिक्मत कार्कीले प्रदेशलाई अगामी तीन वर्षभित्रै उज्यालो प्रदेश बनाउने संकल्पका साथ अघि बढिरहेको बताउनुभयो । ऊर्जाको विकास र विस्तारका लागि आफ्ना मातहतका सबै निकायलाई उहाँले निर्देशन दिनुभयो ।

प्रदेश नं १ का मुख्य सचिव सुरेश प्रधानले नागरिकलाई खुशी र समृद्ध बनाउन वैकल्पिक ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुने र यसका लागि सरकाले आवश्यक नीति तथा नियम बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपालस्थित जर्मन राजदूतावास विकास सहयोग प्रमुख क्लाउडिया हाइपेले विगत ६० वर्षदेखि नेपालको ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा जर्मनीले सहयोग पु¥याउँदै आएको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बढ्दो व्यापार घाटालाई न्यून गर्न ऊर्जाको पहुँच वृद्धि गरी ऊर्जामा आत्मनिर्भर भई स्वाधिन अर्थतन्त्रबाट सुखी र समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले नेपाल सरकारको नवीकरणीय ऊर्जा सम्बन्धी नीति, रणनीति तथा कार्यविधि, केन्द्रकै वरिष्ठ अधिकृत मुकेश घिमिरेले प्रदेश न १ मा ऊर्जाको अवस्था र सम्भाव्यता तथा प्राविधिक सल्लाहकार विनोदप्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत र सामाजिक विकासमन्त्री जीवन घिमिरेको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu