ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपको लगातार उत्कृष्ट प्रदर्शन, मोन्ट्रेलको पहिलो जित


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   २ : २५   बजे
काठमाडौं, २१ असार । नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेले क्यानडामा जारी क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

बुधबार राति टोरन्टोमा भएको खेलमा एडमोन्टोन रोयल्सलाई १५ रनले हराउँदै सन्दिपको टिम मोन्ट्रेलले पहिलो जित निकालेको छ।

लगातार तीन खेलमा हार व्यहोरेको मोन्ट्रेल चौथो खेलमा जित निकाल्दै लिगको चौथो स्थानमा उक्लिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रेलले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२९ रन जोडेको थियो।

मोन्ट्रेलको लागि मोइसेस हेन्रिक़ुएसले ५० रनको अर्धशतकीय पारी खेले। यस्तै नाजिबउल्लाह जाड्रानले अविजित २२ रन जोड्दा सिकन्दर राजाले २० रन जोडे। एडमोन्टोनका वायन प्रनीलले ३ विकेट लिएका थिए।

मोन्ट्रेलले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटीङ गरेको एडमोन्टोन १९.१ ओभरमा अलआउट हुँदै ११४ रनमा समेटियो।

उसका लागि लुके रोचीले ३० तथा शाइमान अनवरले २४ रन जोडे । यस्तै केभिन ओ ब्रायनले १५ तथा हसन खानले १२ रन जोडे ।

एडमोन्टोन सस्तैमा रोक्न मोन्ट्रेलका पिटर म्याथ्यु सीड्लेले ४ विकेट लिदा लाथिस मालिंगा र केवोन कोपरले समान २-२ विकेट लिए ।

मोन्ट्रेलको जितमा युवा लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गरे। सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए। सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेटचरलाई ९ रनमा पेभेलियन फर्काएका थिए। जारी प्रतियोगितामा यो सन्दीपको तेस्रो विकेट  र दोस्रो मेडन हो।

यसअईघि सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ  गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिएका थिए। पहिलो डेब्यु खेलमा सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group