ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगत सरकारको वितीय अनुशासनहिनताको कारण वर्तमान सरकार केही अप्ठेरोमा छ : प्रधानमन्त्री


admin
२३ असार २०७५, शनिबार   २ : ४७   बजे

काठमाडौं २३ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धि प्राप्तगर्नका लागि सुशासनआवश्यक पर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १५औं साधारणसभाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।”

देशमा ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने भएकोले यो अवसरलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । यति ठूलो जनसंख्याकामगर्ने सक्ने अवस्थामाहुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको प्रधानमन्त्रीओलीको भनाइ छ ।

विगतको सरकारको वितीय अनुशासनहिनताको कारणले वर्तमान सरकार केही अफ्ठेरोमा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योग मैत्रीबनाउन इच्छुक रहेको स्पष्ट पार्नुभयो । “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार चाहन्छ देशलाई उद्योगतिर अघि बढाउँ ।”

प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुलाई समेटेर सरकारले एक सल्लाहकार समुह गठन गर्न लागेको जानकारी दिनुभएको छ । उद्योगलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय उत्पादनगर्न सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपालका दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकोले निर्यातजन्य वस्तुको उत्पादन गर्न व्यवाशायीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । छिमेकमा विगतमा भएका केही तिक्ततापनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्या नहुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group