ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक र सहायताकर्मीको रक्षागरौ : गुटेरेश


admin
३ भदौ २०७४, शनिबार   १ : ४०   बजे
संयुक्त राष्टसंघ, ३ भदौ । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दाे हो भन्नुभएको छ ।
अन्तर्राष्टिय मानवता दिवसको अवसरमा शनिबार दिनुभएको सन्देशमा उहाँले सो आग्रह गर्नुभएको हो ।
युद्धसँग प्रत्यक्ष रुपमा संलग्न नभएका र युद्धपछि पनि त्यसका प्रभावितहरुलाई सहायता बाँड्न जाने गरेका सहायताकर्मीहरुको ज्यान जाने गरेको छ ।


यस्ता क्रियाकलापहरुलाई तत्कालै रोक्न र नागरिकको संरक्षण गर्न उहाँले विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।
युद्धको चपेटामा परेका दशौँ लाख नागरिक अहिले पनि गास, बास, पानी, औषधि, शिक्षा तथा अरु पनि कैयौँ आधारभूत आवश्यकताबाट बन्चित हुनु परिरहेको अवस्थामा उनीहरुलाई सहयाताका लागि गएका सहायताकर्मीमाथि नै हमला हुनु अमानवीय कार्य बाहेक अरु केही होइन— उहाँले भन्नुभएको छ ।
द्धन्द्धका बेलामा नागरिकको संरक्षण र रक्षा गर्नु भनेको पनि अन्तर्राष्टिय मानवता सम्बन्धी कानुनको एक आधारभूत सिद्धान्त हो भन्ने कुरा सबैले बुझ्नुपर्नेमा उहाँको भनाई थियो ।
उहाँले द्धन्द्धमा लागेका र नागरिकका विरुद्धमा हिंसा मच्चाउने सबैजनालाई यो आधारभूत अन्तर्राष्ट्रिय कानुनको बारेमा ख्याल गर्न पनि आग्रह गर्नुभएको उक्त सन्देशमा जनाइएको छ ।
द्धन्द्धको चपेटमा परेर खान बस्न र सामान्य औषधि उपचार पनि नपाएका नागरिकलाई सहयोग गर्न उहाँले विश्वका दाता राष्टहरुलाई पनि आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group