ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले जिम्बावेलाई ९ विकेटले हरायो


एबीसी न्यूज
३ श्रावण २०७५, बिहिबार   ७ : ५७   बजे


काठमाडौं,३ साउन । घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले दुई खेल अगावै जितेको छ । तेस्रो खेलमा पाकिस्तानले जिम्बावेलाई ९ विकेटले हराउँदै सिरिज पक्का गरेको हो ।
बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो । पाकिस्तानी बलर चम्किँदा जिम्बावेका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए ।
जिम्बावेका चामु चिभाभाले १६ रन जोड्दा कप्तान ह्यामिल्टन मुसाकाज्दा र विलिङटन मुसाकाज्दाले समान १०र१० रन जोडे । जिम्बावेको पारी ध्वस्त बनाउन पाकिस्तानका फाहिम आश्रफले २२ रन खर्चेर ५ विकेट लिए । यस्तै जुनेद खानले २ विकेट लिए ।

घरेलु टोलीले दिएको ६८ रनको झिनो लक्ष्य पाकिस्तानले ९ ओभर ५ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । जितसंगै भ्रमणकारी टोली पाकिस्तानले पाँच खेलको सिरिजमा ३ – ० को अग्रता बनाउदै सिरिजमा कब्जा जमाएको हो । जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज जितेको थियो ।

पाकिस्तानको जितमा फखर जमानले अविजित ४३ रन जोड्दा बाबर आजमले १९ रन बनाए । इमाम उल हक सुन्य रनमा आउट भए । जिम्बावेका ब्लेसिङ मुजाराबानीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group