ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालपोत कार्यालयद्धारा एक अर्ब ४९ करोड राजश्व संकलन


bhawani desk
५ श्रावण २०७५, शनिबार   ४ : ४८   बजे

चितवन, ५ साउन । गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजश्व संकलन गरेको छ ।

जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा मालोपत कार्यालय भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजश्व संकलन गरेको थियो । सोही वर्षको माघ तेस्रो साता जिल्लाका तीन ठाउँमा मालपोत कार्यालय खुलेका थिए ।

मालपोत कार्यालय भरतपुरका प्रमुख नगेन्द्र पौडेलका अनुसार माघको तेस्रो साताबाट जिल्लामा थप तीन कार्यालय खुलेसँगै ती कार्यालयले पनि राजश्व संकलन गरेकाले गत वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष निकै बढी राजश्व उठेको थियो ।

गत आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरले रु ९९ करोड एक लाख ५० हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो । कार्यालयले रजिष्ट्रेशनवापत रु ७३ करोड ५२ लाख पाँच हजार, लाभकरवापत रु १९ करोड ५० लाख ९४ हजार र सेवा करवापतरु पाँच करोड ९८ लाख ५१ हजार संकलन गरेको छ ।

मालपोत कार्यालय चनौलिका प्रमुख ऋषिराम ढकालका अनुसार सो कार्यालयले गत आर्थिक वर्षमा रु २४ करोड ३७ लाख ७२ हजार राजश्व उठाएको छ । तीमध्ये रजिष्टे«शनवापत रु १९ करोड ९४ लाख ६६, सेवाकरवापत रु एक करोड १४ लाख १७ हजार र लाभकरवापत रु तीन करोड २८ लाख ८८ हजार संकलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

मालपोत कार्यालय खैरहनीका प्रमुख निरकुमार दाहालले गत आर्थिक वर्षमा यो कार्यालयले रु २२ करोड ९८ लाख ९ हजार राजश्व संकलन गरेको बताउनुभयो । तीमध्ये रजिष्ट्रेशनवापत रु १५ करोड ७६ लाख १७ हजार, सेवाकरवापत रु एक करोड ३८ लाख पाँच हजार तथा लाभकरवापत रु पाँच करोड ८३ लाख ५८ हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो ।

मालपोत कार्यालय माडीले रु तीन करोड १३ लाख ७३ हजार राजश्व संकलन गरेको छ । तीमध्ये रजिष्ट्रेशनवापत रु दुई करोड ५९ लाख, सेवा करवापत रु १२ लाख ४७ हजार र लाभकरवापत रु ४२ लाख २५ हजार संकलन गरेको सो कार्यालयका प्रमुख कुश्माखर अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu