ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अंशवण्डाले चोइटिएको कोइराला निवास !


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ११ : ३७   बजे

बिराटनगर, ६ साउन । विगतमा एक समय नेता कार्यकर्ताहरुको भीड लाग्ने बिराटनगरस्थित कोइराला निवास अचेल सुनसान छ ।

कोइराला निवासमा हामी पुग्दा घरको रेखदेखमा खटिएका सशस्त्र प्रहरी र जनपदका केही जवानमात्रै भेटिए ।

लामो समय कोइराला परिवारसँग नजिक भएर काम गरेका शुभनारायण यादवले पुरानो रौनकमा कमी आएको बताए ।

विगतमा विभिन्न ठाउँबाट बिराटनगर आउने अधिकांश कांग्रेसजन एकपटक कोइराला निवास कस्तो रहेछ हेरौं भन्दै पुग्ने गरेको यादवले सम्झन्छन् ।

तीनजना प्रधानमन्त्री हुर्काउने घर

बिराटनगरस्थित ‘कोइराला निवास’का रुपमा चर्चित यही घरमा तीन पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो ।

मुलुकका लागि धेरै प्रधानमन्त्रीका जन्माउने घरका रुपमा कोइराला निवासलाई लिइने गरिन्छ । तर, समयचक्र फेरिएझैं अब त्यो अवस्था रहेन । अब सडकबाट कोइराला निवास छुट्याउन गाह्रो छ ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्म कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट भारतमा भएको थियो । गिरिजा पनि भारतको मुजफ्फरपुरमा जन्मिएका हुन् । राणा शासकबाट विस्थापित कोइराला परिवार वि.सं. १९८६ सालमा चन्द्रशमशेरको निधनपश्चात बिराटनगर फर्कियो ।

कृष्णप्रसाद कोइरालाले स्वदेश फर्केपछि बिराटनगरमा घर बनाए । पछिल्लो समय यो घरका संरक्षक तत्कालीन गिरिजाप्रसाद कोइराला थिए । तर, गिरिजाको निधनपश्चात यो घरलाई ग्रहणले छोपेको छ ।

गिरिजाको पहिचान

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्ना हरेक गतिविधि यही घरबाट सुरु गर्थे । पदमा हुँदा होस् या पद बाहिर, केही कडा सन्देश दिनुपरे उनी बिराटनगरको यही घरलाई सम्झन्थें र काठमाडौंबाट यही निवासमा आएर बोल्थे । जुन बोलीले मुलुकमा तरङ्ग पैदा गथ्र्याे ।

विसं. ०६३ साल माघ २४ गते जब गिरिजाकी भाउजू नोना कोइरालाको निधन भयो, तत्कालीन समय गिरिजाप्रसाद कोइरालाले निवासको बत्ती निभेको बताए । जब गिरिजाको पनि निधन भयो, त्यसपछि निवास नै शून्यतामा रुमलियो ।

अस्पतालचोकबाट सिधै देखिने घर वरपर अब नयाँ क्रंक्रिटका घर बनेका छन् । हरियो जस्तापाताको त्यो बहुचर्चित घर क्रंक्रिटका घरबाट छेलिएको छ ।

गिरिजाको निधनपश्चात अहिले कोइरालानिवासको अंशवण्डा भइसकेको छ । कोइरालाको निधनपछि सन्ततिहरुले करिब १२० वर्ष पुरानो सम्पत्ति अंशवण्डा गरेका छन् ।

क–कसको भागमा बाँडियो ?

कोइरालानिवास अहिले डा. शेखर कोइरालाको अंशमा परेको छ भने आफ्नो भागमा परेको जग्गामा गिरिजापुत्री सुजाता कोइरालाले बेग्लै भवन बनाएकी छिन् ।

पिता कृष्णप्रसाद कोइरालाको सम्पत्ति बीपी, केशव, तारणी र गिरिजालाई ०२५ सालमै मौखिक अंशबण्डा गरिएको थियो । अहिले भागवण्डामा निवासकोे एक बिघा १६ कट्ठा जग्गा नातिनातिनीले अशंवण्डा गरी टुक्रा पार्दै बिक्रीसमेत गरेका छन् ।

दक्षिणपट्टीको ८ कट्ठा जमिन बिपीपुत्र प्रकाश, सशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेका छन् ।

उत्तरपट्टिको जमिन तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो । त्योमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरेका छन् ।

पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइराला छोरी सुजाताको भागमा छ । उनले चार कट्ठा जमिन जीपी फाउन्डेसनलाई दिएर त्यहीँ भवन बनाएकी छिन् ।

 

विसं. ०६६ साल आसोजमा निवासले त्यहाँ अवस्थित करिब आधाभन्दा बढी जग्गा विक्री गर्न लागेको खबरसँगै कांग्रेस कार्यकर्ताहरुले त्यसको विरोध गरेका थिए । उनीहरुले जग्गामा बोर्ड र चारतारे झण्डासमेत राखेका थिए । उनीहरुको माग थियो– कोइरालानिवासलाई कम्तिमा संग्रहालयका रुपमा राखियोस् ।

पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइरालाचाहिँ हाल कोइराला निवासका रुपमा चर्चिएको यो जायजेथा कृष्णप्रसाद कोइरालाको नभएको दाबी गर्छन् । कमल भन्छन् – ‘ कृष्णप्रसाद कोइरालाको सबै जमीन राणा सरकारबाट सर्वस्वहरण भइहाल्यो । अहिले बिराटनगरमा कोइराला परिवारको जति सम्पत्ति छ, त्यो हाम्रो बाबुबाजेको सम्पत्ति होइन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu