ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुममा ७४ करोड बजेट फ्रिज


bhawani desk
१० श्रावण २०७५, बिहिबार   ५ : ०३   बजे

रुकुम ९ साउन । रुकुम(पश्चिम)मा गत आर्थिक वर्ष २०७४÷०७५ मा ठुलो रकम खर्च हुन नसकि फ्रिज भएको छ । स्थानीय तह र विषयगत कार्यालयहरुले खर्च गर्न नसकेको झण्डै पौने एक अर्व बजेट फ्रिज भएको छ ।

गत वर्ष ७४ करोड ४५ लाख ८६ हजार आठ सय ६१ रुपैया“ ७४ पैसा खर्च हुन नसकि फिर्ता गएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । जिल्लाका ६ स्थानीय तह र विषयगत कार्यालयका लागि गत वर्ष कुल पाँच अर्व ४४ करोड ४९ लाख २४ हजार दुई सय ४५ रुपैया“ ३६ पैसा विनियोजन भएकोमा चार अर्व ७० करोड तीन लाख ३७ हजार तीन सय ६१ रुपैया“ ६२ पैसा मात्रै खर्च हुन भएको छ ।

पुँजिगत खर्च तर्फको बजेट बढी फ्रिज

कुल बजेटबाट चार अर्व ६१ करोड १४ दाख ७१ हजार ६ सय ५० रुपैया“ ३६ पैसा चालुतर्फ विनियोजन गरिएकामा ४ अर्व एक करोड ९० लाख एक हजार आठ सय ४६ रुपैया“ ८८ पैसा मात्र खर्च भयो ।

चालुतर्फको ५९ करोड २३ लाख ६९ हजार सात सय तीन रुपैया“ ४८ पैसा फ्रिज भएको छ । पु“जिततर्फ चालुको भन्दा बढी बजेट फ्रिज भएको छ । ८३ करोड ३५ लाख ५२ हजार पा“च सय ९५ रुपैया“ विनियोजन गरिएकोमा ६८ करोड १३ लाख ३५ हजार चार सय १४ रुपैया“ ७४ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी जोगेन्द्र पुनले वताए ।

पुनका अनुसार पु“जिगततर्फको १५ करोड २२ लाख १७ हजार एक सय ८० रुपैया“ २६ पैसा फ्रिज भएको छ । यो पु“जिततर्फको कुल बजेटको १८.२७ प्रतिशत हो । आर्थिक वर्ष २०७४÷०७५ मा त्यस अघिका आर्थिक वर्षभन्दा केही बढी बजेट खर्च भएको बताइएको छ ।

साढे १० करोड राजश्व संकलन

वितेको आर्थिक वर्षमा जिल्लामा दश करोड ४१ दाख ९६ हजार सात सय २० रुपैया“ १८ पैसा राजश्व संकलन भएको छ । विभिन्न शीर्षकबाट उक्त राजश्व उठेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैगरी धरौटीतर्फको कारोबार अन्तर्गत आम्दानीतर्फ पाच करोड ४४ लाख ४४ हजार एक सय ४९ रुपैया“ ९० पैसा रहेको छ भने खर्च तर्फ ८८ लाख ९७ हजार पा“च सय २१ रुपैया“ १४ पैसा रहेको छ । धरोटीतर्फको कारोबार अन्तर्गत चार करोड ५५ लाख ४६ हजार ६ सय २८ रुपैया“ ७६ पैसा बा“की रहेको जनाइएको छ ।

विविध खर्च तर्फ २ करोड ४८ लाख ५४ हजार ६ सय २३ रुपैया“ ४० पैसा आम्दानी भएको छ । एक करोड १४ लाख ३२ हजार दुई सय ९४ रुपैया“ ३९ पैसा खर्च भएको उक्त खातामा अब एक करोड ३४ लाख २२ हजार तीन सय २९ रुपैया“ दुई पैसा बा“की रहेको सूचना अधिकारी पुनले जानकारी दिए । विभिन्न कार्यक्रम सञ्चालनका लागि यो खातामा रकम आउने र यसैबाट खर्च हुने गरेको भनाई उनको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group