ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली टोली लर्ड्स मैदानमा : त्रिकोणात्मक २०-२० मा एमसीसी र नेदरल्याण्ड्ससँग भिड्दै


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ८ : ४८   बजे

काठमाडौं– नेपालले आइतबार नेदरल्याण्ड्स र इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टिम मार्लबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग भिड्न मैदान उत्रिन लागेको हो ।

नेपाल दोस्रो पटक आज इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा उत्रन लागेको हो । २ वर्षअघि यहि मैदानमा (एमसिसी) सँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एमसीसीलाई ४१ रनले हराएको थियो ।

एमसीसीसँगको खेल नेपाली समय अनुसार बेलुका ६ बजेपछि शुरु हुनेछ । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सले नेपाली समय अनुसार राति साढे १० बजेपछि खेल्नेछन् । त्यसअघि दिउँसो पौने ३ बजे नेदरल्याण्ड्स र एमसीको खेल हुनेछ ।

मैत्रीपूर्ण भएपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको यो शृंखलाका लागि नेपाली टोली अघिल्लो हप्ता नै  इंग्ल्याण्ड पुगेको हो । नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली टीमका लागि आजको खेल महत्वपुर्ण अवसर भएको प्रतिक्रिया दिएका छन् ।

त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले आगामी बुधबार र शुक्रबार नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय शृंखला खेल्नेछ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group