ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिराटनगरको भारतीय ‘क्याम्प’ आजदेखि बन्द ( विज्ञप्ति सहित)


एबीसी न्यूज
१६ श्रावण २०७५, बुधबार   १ : ०७   बजे

काठमाडौं,१६ साउन । बिराटनगरमा २०६५ भदौ ४ गते खोलेको अवैध क्याम्प भारतले आजदेखि बन्द गरेको छ ।

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर, त्यसलाई पछि बिराटनगरमा सारियो र बलजफ्ती राखियो ।

कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।

एकदशकदेखि नै बिराटनगरबाट भारतीय क्याम्प हटाउन नेपाली पक्षले माग गर्दै आएको थियो । नेपालको परराष्ट्र मन्त्रालयले समेत सो क्याम्प हटाउन नेपालस्थित भारतीय दुतावासलार्इ पत्राचार गरेको थियो । तैपनि भारतले क्याम्प हटाएको थिएन ।

नेपाली सवारीसाधनलार्इ रूट परमिट दिन क्याम्प खोलिएको बताएपनि सो क्याम्पबाट नेपालको आन्तरिक मामिलामा भारतले जासुसी गरिरहेको नेपाली अधिकारीहरूले जानकारी पाएका थिए ।

नेपालको अनूमति बिनै खोलिएको यो क्याम्पबाट भारतले अवकाशप्राप्त गोर्खा सैनिकहरूलार्इ पेन्सन बाँड्ने, पेन्सनपट्टा नवीकरण गर्ने, सवारी परमिट जारी गर्ने र भारत अध्ययन गर्न जाने नेपाली विध्यार्थीहरूलार्इ शैक्षिक अनुमति दिने तथा धार्मिक पर्यटकहरूलार्इ परमिट दिनेसम्मका काम गरिरहेको थियो ।

केहीअघि नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओली भारतको भ्रमणमा जाँदा भारतीय पक्षलार्इ बिराटनगरको फिल्ड अफिस बन्द गर्न भनेका थिए ।

भारतीय दुताबासद्वारा जारी विज्ञप्तिमा बिराटनगर फिल्ड अफिसबाट यसअघि हुँदै आएको सबै काम काठमाडौंको लैनचौरस्थित भारतीय दुताबासबाटै हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

सम्बन्धित

राजदूत नियुक्ति प्रक्रियामा सरकारको अपरिपक्वता

रसुवाको भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवाको बाढीले ४३१ मेगावाटभन्दा बढीका ऊर्जा आयोजना प्रभावित

म्याग्दीमा गहना चोरी गर्ने बारा–पर्साका पाँचजना पक्राउ, यसअघि पनि चोरीमा संलग्न

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu