ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वका ९ जिल्लामा आमहड्ताल, बन्दले जनजीवन प्रभावित


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   १२ : ५१   बजे

काठमाडौं, २२ साउन ।  राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि लामो दूरीमा चल्ने सवारी साधन निकै पातलो गरी मात्रै चलेका छन् भने छोटो दूरीका सवारी पनि थोरै मात्र सञ्चालनमा छन्।

आमहड्तालका कारण इलाम, पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाको जनजीवन प्रभावित बनेको हो।

बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा बढी मात्रामा परेको छ । सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा कम मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

बन्दका कारण धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन ्। अन्य जिल्लामा लामो दूरीका सवारी साधन चले पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएको डिएसपी प्रसाईले जानकारी दिनुभयो । आफूलाई पहिचानवादी राजनीतिक दलका रुपमा चिनाउने राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्वुवान पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले बन्द आयोजना गरेका हुन् ।

वि.सं. १८३१ साउन २२ गते पुथ्वी नारायण शाहा र लिम्बुवान सरकारबीच भएको सन्धिलाई कालो दिनको रुपमा स्मरण गर्दै २०६६ देखि हरेक वर्ष साउन २२ गतेलाई कालो दिनकोरुपमा मादै बन्द गर्दै आएको छ । बन्दमा लिम्बुवान जनता पार्टी, खम्बुवान राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वबूवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्बुवान प्रान्तीय राष्ट्रिय मञ्चले ऐक्यवद्धता जनाएका छन । बन्दमा एम्बुलेन्स, विवाह, मलामी, कुटनीतिक नियोग र प्रेसको सवारीसाधनलाई अवरोध नगर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group