ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जामन्त्री पुनले मौसम विभागको निरिक्षण पछि यस्तो दिए निर्देशन


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ६ : ४७   बजे


काठमाडौं, २२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गर्नुभएको छ । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै रहेको भवनमा पुगेर मन्त्री पुनले त्यहाको काम–कार्वाहीबारे जानकारी लिनुका साथै विभागका कर्मचारीसंग अन्र्तक्रिया समेत गर्नुभएको थियो । उक्त विभागमा मन्त्रीको भ्रमण भएको यो पहिलो पटक हो । भ्रमणका क्रममा उंहाले मुस्ताङको जोमसोम र हुम्लाको सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । यसअघि देशका ५ विकास क्षेत्रमा पूर्वानुमान शाखा रहेका थिए ।

यसको क्षेत्र विस्तार गर्दै निजी र व्यवसायीक क्षेत्रलाई समेत सेवा दिने गरी काम गर्न पनि मन्त्री पुनले निर्देशन दिनुभयो । उहाले प्राविधिक जनशक्ति,सेवा विस्तार र बजेटको लागी आफुले सहयोग गर्ने बताउनुभयो । मन्त्री पुनले हवाई सेवाका लागी मौसमी पूर्वानुमान अनिवार्य भएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाले त्यसका लागी आफुले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ छ । विभागले २०२५ सालदेखि मौसम पूर्वानुमानको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

भोटेकोशी बाढीपछि चीनको प्रतिबद्धता : ‘पानीको बहाव बढ्नेबित्तिकै नेपाललाई जानकारी दिन्छौँ’

सम्बन्धित

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu