ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल सन् २०३० सम्म मध्यम स्तरआय भएको मुलुकमा स्तरोन्नती हुने – अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ७ : ३०   बजे


काठमाडौं,२२ साउन ।  अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल निरन्तर सुधारलाइ अगाडि बढाउदै दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । तीन दिन सम्म चल्ने नेपाल र विश्वबैकको नेपाल सहायता सम्वन्धि उच्चस्तरीय बैठकमा भाग लिदै अर्थमन्त्री खतिवडाले नेपाल दिगो विकासको लक्ष्यलाइ प्राप्त गर्न प्रतिवद्ध रहेको बताउनु्भएको हो ।

उहाले नेपालको विकास साझेदारी खाका सम्वन्धि विश्व बैंकका कार्यकारी निर्देशकहरूको सयुक्त बैठकलाइ संवोधन गर्दै नेपालमा विकासका चुनौती र अवसरहरुको चर्चा गर्दै आगामी ५ वर्षको लागि गरिने लगानीको ढाचा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभयो । अर्थमन्त्री खतिवडाले नेपाललाइ आगामी सन् २०२२ मा अतीकम विकसित राष्ट्रवाट स्तरोन्नती गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताउनुभयो । खतिवडाले सन् २०३० सम्म मध्यम स्तरआय भएको मुलुकमा स्तरोन्नती हुने दिर्धकालीन सोच सहित प्राथमिकता तोकेर नेपाल सरकार अगाडि बढेको जिकिर गर्नुभयो ।

उहाले विश्व वैकका कार्यकारी निर्देशकहरूले राखेका विविध जिज्ञासाहरू खासगरी स्थानीय तहको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा उहाँले स्पष्ट पार्नुभयो । अर्थमन्त्री खतिवडा र विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष श्री हार्टविग सेफर बीच भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगीकार गरेका संघीयता कार्यान्वयनको सन्दर्भ  उठाउनुभएको  प्रश्नमा अर्थमन्त्री खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भै करिब ३६ हजार जनप्रतिनिधि निर्वा्चित भएको र ती जनप्रतिनिधिहरू मार्फत जनताका अपेक्षाहरू पूरा गर्न सरकार कटिवद्ध रहेका बताउनुभयो ।

उहाले नेपालको अर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको अवश्यकता रहेको बताउनुभयो । उहाले सरकार निजी क्षेत्रसंग मिलेर कार्य गर्न तत्पर रहेको बताउदै संघीयताको व्यवस्थापन र बिकास वित्तकोलागि आन्तरिक साधन र श्रोतमात्र अपर्याप्त हुने भएकोले विश्व बैंकसंग नेपालले सार्थक सहयोयको अपेक्षा राखेको बताउनुभयो ।

विश्व बैंकका क्षेत्रीय उपाध्यक्षले नेपालले छोटो समयमा राजनीतिक रूपमा हासिल गरेको परिवर्तन उत्साहजनक रहेको बताउदै विश्व बैक समूह एकिकृत रुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी दिनुभयो । उहाले विश्व बैकको अन्तराष्टिय विकास सहयोग र अन्तराष्टिय वित्त नियोगका अतिरिक्त क्षेत्रीय कोषहरू लगायतबाट नेपालको उर्जा, यातायात लगायतका पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group