ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ३ : ५४   बजे

मलेसिया, २८ साउन । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर हुनुहुन्छ ।

एसोसिएटेड प्रेस (एपी)का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यान्मारले गरेको व्यवहार अन्यायपूर्ण रहेको बताउनुभयो । तीन महिनाअघि निर्वाचित भएर सत्तामा पुनरागमन गर्नुभएका महाथिरले चीन भ्रमणमा जानुअघि यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

महाथिरले भन्नुभयो, “म चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छु र चीनको लगानीलाई पनि स्वागत गर्दछु, तर यस्ता परियोजना मलेसियाका निम्ति हितकर हुनु पर्दछ ।”

पूर्व प्रधानमन्त्री नजिब रजाकले सम्झौता गरेको चिनीया लगानीको ऊर्जा पाइपलाइन र एउटा रेल परियोजनामाथि महाथिर मोहमदले विशेष ध्यान दिनुभएको छ । “मेरो विचारमा यी दुई परियोजना मलेसियाका लागि त्यति आवश्यक छैनन् । ती परियोजना उपयुक्त पनि होइनन् । त्यसर्थ हामीले सकेसम्म ती दुवै परियोजना रोक्नेछौं ।”

नजिबले मलेसियालाई चीनको निकटमा राख्नुभएको थियो । चीनले मलेसियालाई पनि चीनको महत्वाकाँक्षी “वान बेल्ट वान रोड” (ओबीओआर) को साझेदार मुलुकका रुपमा महत्व दिँदै आएको छ । नजिबले ६८८ किमी लामो पूर्वी तटीय रेल निर्माण गर्न तथा दुई वटा ग्यास पाइपलाइन बिछ्याउन सन् २०१६ मा सम्झौता गर्नुभएको थियो ।

चीनको राज्य नियन्त्रित कम्पनीले निर्माण गरिरहेका यी दुवै परियोजनाका कामहरु मलेसियाको नयाँ सरकारले रोकेको छ । परियोजनाको ठूलो लगानीमा कमी ल्याएको छ । यी दुबै परियोजनाको कूल लागत करिब २२ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । उक्त लागतमध्ये केही रकम मलेसियाले भुक्तानी गरिसकेको छ र यसलाई उठाउन मुस्किल छ ।

यदि सम्पूर्ण परियोजना खारेज गर्न नसकिए पनि मलेसियाले लामो अवधिसम्म रोकेर राख्न सक्नेछ, र “आवश्यकता परेपछि मात्र अघि बढ्नेछ,” महाथिरले भन्नुभयो ।

महाथिरले दक्षिण चीन सागरमा मलेसियाली जहाजलाई निर्वाध रुपमा हिँडडूल गर्न दिनुपर्ने पनि बताउनुभयो । यी क्षेत्रमा चीन र दक्षिण पूर्वी एसियाका धेरैवटा देशले दाबी गरिरहेका छन् । यस सागर क्षेत्रमा माछा मार्ने र खनिज तेलको ठूलो भण्डार रहेको छ ।

चीनले सागरको अधिकांश हिस्सा आफ्नो रहेको दाबी गरिरहेको छ र यहाँ चीनले स–साना मानव निर्मित टापुहरु निर्माण गरेको छ जहाँ हवाई मैदान, ह्यान्गर, राडार र क्षेप्यास्त्र स्टेशनहरु तैनाथ गरिएको छ । यहाँ अमेरिकाले समेत नियमित रुपमा अरु लडाकू युद्धपोत र हवाईजहाज पठाउने गरेको छ । चिनीया जहाजहरुले पनि यहाँ निगरानी तिब्र बनाइआएका छन् ।

प्रधानमन्त्री महाथिरले म्यान्मारले रोहिङ्ग्या समुदायमाथि गरेको अमानवीय व्यवहारको कटु आलोचना गर्नुभयो । “उनीहरुले जे गरिरहेका छन् त्यो बिल्कुलै अक्षम्य हो । त्यहाँ मानिसहरुको खुलेआम हत्या भइरहेको छ, र त्यो एउटा सभ्य मुलुकले गर्न सुहाउने काम होइन,” उहाँले भन्नुभयो ।

मुस्लिम मलेसियाले विगतमा रोहिङ्ग्या समुदायको पक्षमा जोडदार आवाज उठाएको छ । गत वर्ष लाखौं रोहिङ्ग्या समुदाय म्यान्मारको दमनबाट बच्न भागेर बंगलादेश प्रवेश गरेका थिए । मलेसियाको सरकारले रोहिङ्ग्या समुदायको विस्थापन म्यान्मारको मात्र विषय नरहेको जनाइसकेको छ ।

महाथिरले भन्नुभयो, “म्यान्मारकी नेतृ आङ सान सू कीले रोहिङ्ग्यामाथि भएको अत्याचार रोक्न नसकेकोमा म असाध्यै दुःखी भएको छु । रोहिङ्ग्या समुदायमाथि अत्याचार हुँदा उहाँ नै सरकारमा हुनुहुन्छ । यो न्याय र मानवअधिकारको प्रश्न हो । तपाईंलाई जथाभावी यस्तो गर्ने छुट छैन ।”

अरु थप रोहिङ्ग्या शरणार्थी मलेसियाले स्वीकार्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री महाथिरले यसअघि नै ठूलो संख्यामा कानुनी र कागजातविहीन विदेशी व्यक्तिहरु रहेकाले अहिल्यै भन्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu