ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ मुलुकी ऐन: व्यक्तिको हत्या हुँदापनि कानूनले उन्मुक्ति दिने ती ६ परिस्थिति


एबीसी न्यूज
२९ श्रावण २०७५, मंगलबार   ९ : ५१   बजे

काठमाडौं, २९ साउन । सामान्यतया कसैले कुनै व्यक्तिको हत्या गर्‍यो भने हत्या गर्ने व्यक्ति कानूनको नजरमा दोषी हुन्छ। कानून अनुसार उसलाई सजाय तोकिन्छ। तर, मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी (अपराध) संहिता २०७४ ले ६ वटा परिस्थिति उल्लेख गरेको छ, जुन परिस्थितिमा कोहीद्वारा कसैको हत्या भयो भने सजायँको भागेदार बन्नु पर्दैन।

व्यक्तिको हत्या हुँदापनि कानूनले उन्मुक्ति दिने ती ६ परिस्थिति निम्न बमोजिम छन्:

१ आफू वा कसैविरुद्ध भएको आक्रमण विरुद्ध तत्काल रक्षा नगर्दा आफ्नो वा अरु कसैको ज्यान जान वा आफू वा अरु कसैलाई गम्भीर चोट लाग्न वा अंगभंग हुनसक्छ भन्ने मनासिव विश्वास भएमा

२ जवर्जस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिव विश्वास भई वा जवर्जस्ती करणी गर्दाका बखत वा गरिसकेपछि पीडितबाट तत्काल कुनै काम भएकोमा

३ ज्यान मार्ने, बन्धक वा अपहरण मुक्ति रकम लिने, जवर्जस्ती करणी गर्ने, अङ्गभङ्ग गर्ने नियतले शरीर बन्धक लिएकोमा वा अपहरण गरेकोमा

४. मानिस बस्ने, पूजा वा प्रार्थना गर्ने, सम्पत्ति राख्ने कुनै घर, पाल वा सवारी साधनलाई घेराबन्दी गरी, जोखिमपूर्ण हातहतियार प्रयोग गरी, आगो लगाई वा विस्फोटक पदार्थ प्रयोग गरी क्षति पुर्‍याउन खोजेकोमा

५. डाँकाको कसुर विरुद्ध रक्षा गर्नु परेमा 

६. कुनै व्यक्तिको वैयक्तिक सुरक्षा वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांस स्वामित्व वा नियन्त्रण भएको संगठित संस्थाको सम्पत्ति वा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अधिकार प्राप्त अधिकारीको आदेशबाट खटिएको सुरक्षाकर्मीले त्यस्तो व्यक्ति वा सम्पत्ति विरुद्ध भएको आक्रमण रोक्न तत्काल प्रतिकार गर्नु परेमा

आगामी १ भदौदेखि लागू हुन लागेको मुलुकी (अपराध) संहिता २०७४ मा यस्तो व्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group