ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल सुन तस्करी – गृहमन्त्री थापा


एबीसी न्यूज
२९ श्रावण २०७५, मंगलबार   ४ : ४७   बजे


काठमाडौँ, २९ साउन । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो ।

दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल सुन तस्करी गरेको छानबिनबाट थाहा भएको जानकारी दिँदै गृहमन्त्री थापाले यहाँ आउने सुनको १० प्रतिशत मात्र नेपालमा खपत हुने र बाँकी भारत जाने गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

जैन भन्ने भारतीय नागरिकले दुवई, थाइल्याण्ड र मलेशियाको हवाई रुट प्रयोग गरी नेपाल हँुदै भारतीय बजारमा सुन पु¥याउने गरेको पाइएको जनाउँदै गृहमन्त्री थापाले उक्त रुटबाट सुन तस्करी गर्ने सबै पात्र पक्राउ गरेकाले पछिल्लो समय सुन तस्करीमा निकै कमी आएको दाबी गर्नुभयो । ‘‘अर्वांै मूल्यमा भइरहेको सुन तस्करीलाई नियन्त्रण गर्ने प्रयत्न गरिरहेका छाँै,’’ उहाँले भन्नुभयो ।

भ्रष्टाचारलाई नियन्त्रण र निस्तेज गर्न नसकिएसम्म विकास निर्माण सम्भव नरहेको बताउँदै उहाँले घुस नपाएसम्म फाइल घुमाइरहने प्रवृत्ति अन्त्य गर्न सरकारले अब कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।

सुशासन, शान्ति र विकासका लागि अनुकूल वातावरण बनाउन गृहप्रशासनले काम गरिरहेको बताउँदै मन्त्री थापाले मदिराका कारण हत्या हिंसा र बलात्कारका घटना वृद्धि गरेकाले आन्दोलनकै रुपमा त्यसविरुद्ध अभियान चलाइने जानकारी दिनुभयो ।

ठेकेदारको लापर्वाहीका कारण दशकाँैदेखि विकास निर्माणका आयोजनाको प्रगति शून्यजस्तै रहेको बताउँदै उहाँले सडकको दुर्दशाका कारण दुर्गम क्षेत्रमा परिणत भएको काठमाडाँै उपत्यकाका सडक सुधार अन्तरमन्त्रालयबीच समन्वय गरेर अघि बढाइने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जग्गा र मानव तस्कारीसग सम्बन्धित ठगीका घटना अर्वौं रकम जोडिएको छ, आधुनिक दासप्रथाको रुपमा चेलीबेटी बेचबिखनका घटना भइरहेको हुँदा रोकथामका लागि हदैसम्मका प्रयास भइरहेको छ ।” जात, धर्म र समुदायको नाममा केही तत्वले विकास र सुशासनमा बाधा पु¥याइरहेको बताउँदै गृहमन्त्री थापाले त्यस प्रकारका गतिविधिलाई परास्त गरिने बताउनुभयो ।

राजनीतिक दललाई दोहोरो मापदण्ड नलिन सुझाव दिँदै उहाँले भन्नुभयो, “विष्फोटका घटना गराउने, जबर्जस्ती चन्दा असुल गर्ने, राज्य सत्ता उल्टाउँछु भनी ध्वंसात्मक गतिविधि गर्ने कार्य कानून विपरीत भएकाले सरकारले त्यस्तो कार्यमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउन पछि पर्ने छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu