ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव


एबीसी न्यूज
४ भदौ २०७५, सोमबार   ८ : ०८   बजे


काठमाडौँ, ४ भाद्र । सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ ।

संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई/दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो होला । व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान तयार हुनुहन्छ ? भन्ने प्रश्न राख्दा हुन्छ ‘सेवा परिवर्तन गरी जानपाए जान तयार छौँ ’जवाफ दिनुभएको छ ।

यस्तो अवस्थामा सेवा परिवर्तन गरेर भए पनि प्रदेशसभाहरुलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न सङ्घबाट कर्मचारी किन नपठाउने ? राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिलो पटक आइतबार यहाँ सङ्घीय संसद सचिवालयद्वारा आयोजित संसदीय प्रक्रिया र अनुभव कार्यक्रममा आफ्ना ती भनाई राख्नुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “म यो कुरा राष्ट्रपति एवं प्रधानमन्त्री समक्ष राख्छु ।”

संसदीय विधि र प्रक्रियामार्फत् व्यवस्थित रुपमा प्रदेशसभा सञ्चालन गर्न मुख्य रुपमा यसका बारे अनुभवले खारिएका र दख्खल कर्मचारीको ज्यादै अभाव रहेको छ । सङ्घीय संसद सचिवालयले पहिलो प्रदेशसभा सञ्चालन गर्न सातवटै प्रदेशमा कर्मचारी खटाएको थियो । तर अहिले सङ्घीय संसद सचिवालयले प्रदेशसभालाई कर्मचारी व्यवस्थापनमा सहयोग गर्न नसक्ने अवस्थामा रहेको जनाएको छ ।

कर्णाली प्रदेशका सभामुख अर्जुन थापाले भन्नुभयो “प्रदेशसभाका लागि भौतिक संरचनाका साथमा कर्मचारीको ज्यादै अभाव रहेको छ । कानूनका सहसचिव, उपसचिव त परै जावोस् अधिकृत पनि छैन, केही कर्मचारीलाई अभिमुखीकरण दिएर काम चलाइरहेको छु ।”

प्रदेश सरकारले पठाएका विधेयक संसदीय समितिमा दफावार छलफल गर्ने, विज्ञबाट राय सुझाव लिने, प्रदेशसभाले पास गर्ने, प्रमाणीकरण गर्ने गरेको छु उहाँले भन्नुभयो । हालसम्म प्रदेशसभामा पेश भएका १५ विधेयकमध्ये आठवटा प्रमाणीकरण भएका छन् । सभामुख थापाले भन्नुभयो, “संसदीय प्रक्रिया बुझ्ने कर्मचारी पठाउन सङ्घसँग धेरैपटक माग गरेँ, अहिलेसम्म पूरा भएको छैन ।”

दुईपटक तत्कालीन प्रतिनिधिसभामा सांसद तथा राज्यमन्त्रीको जिम्मेवारी सम्हालि सक्नुभएका दुई नम्बर प्रदेशका सभामुख सरोज यादव प्रदेशसभाका लागि मुख्य रुपमा दक्ष र अनुभवी कर्मचारीको अभाव रहेको बताउनुहुन्छ । “यसअधि प्रतिनिधिसभाका सांसदको अनुभव भएकासँग संसदीय प्रक्रियाका बारेमा बढी ज्ञान हुने । पहिलो पटक सांसद हुनेसँग प्रक्रिया जान्न समय लाग्ने । बीचमा तालमेल गराउन चुनौती रहेको छ । मेरो आफ्नै अनुभवले काम गरिरहेको छु” उहाँले भन्नुभयो । सो प्रदेशसभाले ११ वटा विधेयक पारित गरिसकेको बताइएको छ ।

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल एकातिर प्रदेशमा कर्मचारी आउन नै नमान्ने । बल्ल आएका पनि छिटोछिटो सरुवा हुने कारण हैरानी भएको दुःखेसो व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार प्रदेशसभामा हालसम्म तीनवटा सचिव परिवर्तन भइसक्नुभएको छ । उहाँले भन्नुभयो “सङघीयता कार्यान्वयनका क्रममा आउने चुनौतीलाई सामना गर्दै अगाडि बढिरहेका छौं । प्रदेश तहमा जान कर्मचारीलाई आकर्षण गर्नुप¥यो ।” उहाँका अनुसार सो प्रदेशले १६ वटा विधेयक पारित गरिसकेको छ ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा संसदीय प्रक्रिया बुझेका कर्मचारीको अभाव हुँदाहुँदै सदन सञ्चालन भइरहेको छ, भन्नुहुन्छ । उहाँले भन्नुभयो “अनुभवी कर्मचारी भए प्रदेशसभा सञ्चालन अझै व्यवस्थित हुने थियो ।

“राम्रो काम गर्न सर्वप्रथम आफैँ जान्नु पर्ने रहेछ म आफैँ संसदीय प्रक्रियाका बारेमा सुक्ष्मभन्दा सुक्ष्म रुपमा सिक्दैछु, दक्ष कर्मचारीको अभाव हुँदाहुँदै प्रदेशसभालाई व्यवस्थित बनाइरहेको छु ।” प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group