ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु


bhawani desk
१३ भदौ २०७५, बुधबार   ५ : ३८   बजे

एजेन्सी,१३ भाद्र । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ ।

उक्त कारबम हमलामा परी ज्यान जानेमा कम्तीमा पाँच जना प्रहरी परेका बताइएको छ । प्राप्त समाचारअनुसार उक्त आक्रमण एकजना व्यक्तिले आफ्नो कारमा विस्फोटक पदार्थ राखेर गराएको हो ।

बुधबार भएको सो बम हमलाको कारण पत्ता लाग्न सकेको छैन । साथै आत्मघाती हमलाकारीको पनि सोही विस्फोटमा ज्यान गएकोले थप सूचना प्राप्त भएको छैन ।

उक्त नगर सिरियाको सीमा क्षेत्रबाट नजिक पर्दछ र उक्त सीमा क्षेत्र इराकी राजधानी बग्दादबाट ३४० किलोमीटर टाढा पर्दछ । सो नगर पछिल्लो समयमा आइएस लडाकूबाट इराकी सरकारले फिर्ता गरेको थियो । आइएसका सशस्त्र लडाकूहरुले उक्त नगरलाई पहिला कब्जा गरेर केही महिना आफ्नो नियन्त्रणमा राखेका थिए ।

सोही नगरमा बुधबारै बिहान करिब ९ बजेतिर अर्काे बम विस्फोट भएको पनि समाचारमा जनाइएको छ । उक्त विस्फोटमा परी अरु १६ जना सर्वसाधारण घाइते भएका छन् ।

घाइते हुनेमा पाँच जना प्रहरी पनि परेका छन् । यो विस्फोट पनि प्रहरीको गस्ती रहेको स्थानमा लगी गराइएको थियो । यसरी आज सो नगरमा गराइएका यी विस्फोट पूर्व नियोजित रुपमा नै भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu