ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इडलीबको भविश्यबारे तेहरानमा शिखर बैठक


bhawani desk
२२ भदौ २०७५, शुक्रबार   ३ : ५०   बजे

एजेन्सी,२२ भाद्र । सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविश्य सुरक्षित गर्ने उद्देश्यले इरानको राजधानी तेहरानमा शुक्रबार शिखर बैठक शुरु हुदैछ ।

उक्त शिखर बैठक इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुबीच हुने बताइएको छ । यस बैठकका लागि ती नेताहरुले सहमति जनाइसक्नुभएको छ र उहाँहरु शुक्रबार तेहरान पुग्दै हुनुहुन्छ ।

यस शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका बिद्रोही र उनीहरुको कब्जामा रहेका सिरियाका अरु सर्वसाधारण नागरिकको बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने बुझिएको छ ।

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरुको नियन्त्रणमा रहेका रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
इरानी राष्ट्रपति हसन रौहानीले उहाँका टर्कीस् समकक्षी रिसेप तैयप एर्दाेगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार तेहरानमा स्वागत गर्दै हुनुहुन्छ । उहाँहरुको बैठक शुक्रबार अपरान्ह् शुरु हुदैछ ।
उक्त शहरमा बिहीबार पनि सरकारी सेनाले कैयौँ नागरिकलाई लखेटेको थियो । सरकारी सेनाले इडलिबको छेउछाउबाट आक्रमण थालेको छ । त्यस क्रममा हिजो ती नागरिक भागेका बताइएको छ ।

रुसको सहयोगमा सिरियाली सेनाले इडलीबमा आक्रमण गर्ने बताउँदै आएको छ । उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ । यसै समयमा यो शिखर बैठक बस्न लागेको छ ।

सिरियामा गएको करिब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सन् २०१५ देखि त उनीहरुले उक्त शहर कब्जा नै गरेका थिए ।

इडलीबमा अहिलेकै अवस्थामा आक्रमण हुदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसंघ लगायतका संघ संस्थाहरुले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन् ।

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रही आएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रुस र इरानको समर्थन छ । त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

सन् २०१५ मा कब्जा गरिएको इडलीब र त्यस वरपरका इलाकामा मात्र करिब ३० लाख मानिस बस्छन् । तीमध्ये आधाजति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन् ।

विगतमा टर्की सरकारले सहायता दिएकोले यहाँ विद्रोहीको सङ्ख्या बढेको बताइएको छ । इडलीबको सीमा टर्कीसँग जोडिएको छ । त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकी समेत स्थापना गरेको छ ।

सिरियामा गृहयुद्ध जारी छ । सातवर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म ३ लाख ५० हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group