ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, एक जना घाइते


एबीसी न्यूज
२३ भदौ २०७५, शनिबार   ५ : ३२   बजे

काठमाडौं, २३ भाद्र । गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोटमा भएको पुष्टि जिल्ला प्रहरी कार्यालय नुवाकोटले गरेको छ ।

यस्तै एक महिला गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ । घाइते हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी रहेकी छिन् ।

घटनास्थल निकै दुर्गमस्थानमा रहेकाले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको छ । घटनास्थलमा शनिबार दिउँसो स्थानीय प्रहरी टोली पुगेको थियो । शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले जानकारी दिए ।

उनका अनुसार ९ एन ए एल एच कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।

काठमाडौँबाट उद्धारका लागि पुगेको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा दुई घण्टाको पैदल दूरी वरै रोकिएका छन् । हेलिकप्टर ल्याण्ड हुन नसकेकै कारण गम्भीर घाइतेलाई राजधानी ल्याउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu