ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धग्रस्त क्षेत्र सुडानको पहाडी इलाकामा पहिरो, बीसको मृत्यु


bhawani desk
२८ भदौ २०७५, बिहिबार   ५ : ३६   बजे

एजेन्सी  ,२८ भाद्र । सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ ।

गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुङ्गासहितको पहिरो झरेका कारण घरहरु पुरिएका र अरु कैयौं व्यक्ति पुरिएको आशङ्का गरिएको छ ।

डार्फरको जेबेल मर्रा क्षेत्र विद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’ को नियन्त्रणमा रहेको छ । सोही कारण त्यहाँबाट स्वतन्त्र रुपमा सूचना प्राप्त गर्न पनि कठिन भएको अधिकारीहरुले बताएका छन् ।

शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसहरुका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसङ्घ, गैर सरकारी संस्था एवं सुडान सरकार समक्ष आग्रह गर्नुभयो ।

सीमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह सुरु भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी यस द्वन्द्वमा परी २५ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu