ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता कार्यकर्तालाई मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको निर्देशन


bhawani desk
६ आश्विन २०७५, शनिबार   १ : १५   बजे

काठमाडौं,६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिनुभएको छ ।
वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो । ।

प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताउनुभएको छ । “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाउनु भएको छ । “आफ्ना आग्रह,पूर्वाग्रह छाडौं,आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताउनुभयो ।

“वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन” प्रधानमन्त्री ओलीले भन्नुभयो “फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन । ”

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ ।

“उहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “२०४६ सालको जनआन्दोलनमा उहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनरबहाली गर्न सजिलो भएको हो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu