ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको भ्रमण सकेर उपराष्ट्रपति पुन भोली स्वदेश फर्कदै


एबीसी न्यूज
७ आश्विन २०७५, आइतबार   ३ : ३०   बजे

काठमाडौं, ७ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ चीनको छ दिने औपचारिक भ्रमण सकेर भोली (सोमबार) स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ एयर चाइनाको विमानबाट सोमबार विहान ९ः४५ बजे काठमाडौं पुग्नु हुनेछ । उपराष्ट्रपति छ दिने भ्रमणका लागि असोज ३ गते छेन्दु आई पुग्नुभएको थियो ।

उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र बेल्ट एण्ड रोड सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गर्नु भएको थियो ।

संबोधनको क्रममा उहाँले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल गर्नुभएको थियो ।
चीन भ्रमणको क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङहुवाले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिले असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्नुहुँदै लगानी तथा सहकार्यका लागि आग्रह गर्नुभएको थियो । भेटघाटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता दोहो¥याउनु भएको थियो ।

उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री र सिपिसीका प्रान्त सचिवले नेपाल चीन सम्बन्ध परम्परागत सम्बन्धबाट नयाँ उचाईमा उठेको बताउनुभएको थियो । उहाँहरुले नेपालको समृद्धिको यात्रामा चीनका सदैव साथ सहयोग हुने बताउनुभयो ।

सिपिसीका सिचुवान प्रान्त सचिवले छेन्दुमा छिटो भन्दा छिटो नेपालले महावाणिज्य दुतावास खोल्नुपर्ने बताउनु भएको थियो । उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा शनिबार केहीं दिन पोखरासँग भगेनी सम्बन्धमा गाँसिएको यिपिन सहर र आईतबार लुुम्बीनीसँग भगेनी सम्बन्ध रहेको लसानको भ्रमण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu