ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान द्वारा ३० जना जेहेन्दार नेपाली बिध्यार्थीलाई छात्रवृत्तिको घोषणा


एबीसी न्यूज
१० आश्विन २०७५, बुधबार   १२ : ०३   बजे

टोकियो, जापान,  १० असोज  । पछिल्लो समयमा नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागी जापान आऊने संख्या निकै बढ़िरहेको संगसंग़ै बिध्यार्थीहरूमा दिन प्रति दिन समस्या आउन थाले पछी कसरी बिध्यार्थीहरूलाई सहयोग गर्न सकीन्छ भनेर एनआरएनए जापानले आफ्नो ध्यान केन्द्रित गर्दै बिध्यार्थी लक्षित बिभिद कार्यक्रमहरू ल्याइरहेको छ।

नेपाल बाट आउने धेरै बिध्यार्थीको आकांक्षा भाषा स्कूल तथा भोकेसनल कलेज अध्ययन पश्चात कम्पनीमा वर्किंग भिसा परिवर्तन गरी अर्थोंपार्जन गर्ने भएतापनी केही बिध्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागी आउने तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनकोलागी मात्रै पनि काममा बढ़ी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकीरहेको अवस्थालाई मध्यनजर गर्दै हाल जापानीज भाषा स्कूलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जना बिध्यार्थीहरूलाई मासिक ३ मान बराबरको छात्रवृत्ति प्रदान गरिने एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी गराउनु भयो।

छात्रवृत्तिका लागी आवेदन खूल्ला गरिएको र इच्छुक बिध्यार्थीले तलको लिंकमा आफ्नो बिवरण सहित आवेदन दिन सक्नेछन। जापानको जूनसुकै क्षेत्रमा भाषा स्कूल अध्ययनरत बिध्यार्थीले आवेदन दिन सक्नेछन। छात्रवृत्तिको लागी छनौट भईसकेपछी सम्बन्धित बिध्यार्थीको व्यक्तिगत बैंक खाता मार्फ़त प्रत्येक महीना ३० हजारका दरले रकम प्रदान गरिने छ भने उक्त बिध्यार्थीले छात्रवृत्ति लीन शुरू गरेपछि जापान सरकारको नियम अनुसार २८ घण्टा भन्दा बढ़ी समय काम (आरुबाईतो )गर्न पाउने छैन ।

गत June १९ तारिक एनआरएनए जापान अध्यक्ष टाशी वांगदी लामा र international Human Resource network organisation (IHNO) संग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका CEO कुमीयामा बीच भएको दोहोरो सम्झौता लाई कार्यान्वायन गर्दै पहिलो पटक संस्था मार्फ़त NRNA जापान ले हाललाई ३० जना नेपाली जेहेन्दार तथा लगनशील बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।IHNO ले बिदेशी बिध्यार्थीहरुलाई यस्तै सहयोग हरु गर्दै आउने गरेको छ।यसको प्रभावकारीता बढेक़ो खण्डमा आगामी दिनमा अझै थप गर्दै लैजाने अध्यक्ष टाशी वांगदी लामाले बाताउनु भयो ।

२०१८ भित्रैबाट यो सुबिधा शुरु गर्ने कुरा पनि जानकारी गराउदछौ ।छात्रवृत्ति छनौट गर्दा बिध्यार्थीको बायोडाटा ,नेपालमा अध्ययन गरेको प्रमाणपत्र, र हाल अध्ययनरत स्कुलको हजिरि र संग़ै सम्बन्धित बिध्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेज संग सम्पर्क समेत गरेर सोधिने र छनौट प्रक्रिया पारदर्शी हूने प्रवक्ता बस्नेतले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group