ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा एक उम्मेदवारमाथि गोलीहानी हत्या


bhawani desk
१० आश्विन २०७५, बुधबार   ३ : ०८   बजे

एजेन्सी,१० असोज । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताउनुभएको छ ।

अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मङ्गलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले जानकारी दिनुभयो ।

गोली लागेपछि उहाँको घटनास्थलमै निधन भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
अफगानिस्तानमा स्थगित हुदैँ आएको यो निर्वाचन अगामी अक्टोबर २० तारिखको लागि तय भएको छ ।

तर सो निर्वाचनको मिति तय भएसँगै केही महिनायता इस्लामिक स्टेट्स र तालिबान समूहले आक्रमण जारी राखेका छन् ।

मतदाताहरुले आफ्नो नामावली दर्ता गरेयता मध्य अप्रिलदेखि विभिन्न आक्रमणमा कान्दाहारमा मात्र ५५ व्यक्तिको मृत्यु भइसकेको छ ।

आमनिर्वाचनसँग सम्बन्धित हत्या हिंसामा दुई जना निर्वाचन सम्बन्धी कर्मचारी, सुरक्षा बलका सदस्यहरु र सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ ।

मतदाता नामावलीमा ३० लाख महिलासहित ९० लाख भन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन् । यहाँको संसदको तल्लो सदन २४९ सदस्यीय छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group