ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल राजनीतिक स्थायित्व र समाजवादको दिशामा : ओली (फोटोफिचर )


ABC NEWS
१२ आश्विन २०७५, शुक्रबार   ८ : १६   बजे


अमेरिका १२ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विहान न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन्। ओली सम्वोधनका क्रममा नेपालले आशातित र आवश्यक राजनीतिक स्थायित्व कायम गरेको बताए । उनले भने कसैले कुनै शव्द जाल प्रयोग गरेपनि समाजवादी दिशामा नेपाल अघि बढेको छ ।

प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताए।
विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको स्पष्ट गरेका थिए ।

ओलीले आफ्नो देशलगायत हिमाली र आइल्याण्डहरु रहेका देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गरिरहेका बेला राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए।


सम्बोधन अघि प्रधानमन्त्री विभिन्न साइड लाइन बैठकहरु निकै फलदायी भएको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले एबीसीलाई बताए । प्रधानमन्त्री ओलीले क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडेउ, बेलायतका प्रधानमन्त्री टेरेजा मे, अष्ट्रेलियन पूर्वप्रधानमन्त्री केभिन रड, स्वीडेनका राष्ट्रपति र भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गरेका थिए।
प्रधानमन्त्री ओलीले अमेरिकामा रहंदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कोलम्वियाका राष्ट्रपति लगयातसंग पनि भेट वार्ता गरेका छन् ।

न्युयोर्कमा प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रम निकै फलदायी रहेको राजदूत कार्कीले बताए ।
ओली शनिबार कोस्टारिका प्रस्थान गर्नेछन् । कोस्टारिकाका समकक्षीकसंग दुईपक्षीय भेटवार्ताका साथै त्यहां रहेको शान्ति विश्वविद्यालयमा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu