काठमाडौं, १२ असोज । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी १६ औं अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीले आफूसँग गरिएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै अर्को अनसनको चेतावनी दिएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगरी संसदको अधिवेशन अन्त्य भएको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।
‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र शिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका विभागीय सरकारी मन्त्री नै प्रधानमन्त्री स्वयंको पहल भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैर जिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्