ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुसीको कुरा : अब नेपालीलाई मलेसिया जाँदा पैसा नलाग्ने


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ११ : १६   बजे


काठमाडौँ, १३ असोज । अब मलेसिया जाँदा नेपाली कामदारले पैसा तीर्न नपर्ने भएको छ  । नेपाल र मलेसियाबीच उच्च स्तरमा भएको सहमती अनुसार अब मलेसिया जाने नेपाली कामदारलाई पैसा नलाग्ने भएको हो । नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति भएसँगै नेपाली कामदार मलेसिया जाँदा खर्च नलाग्ने भएको छ ।

नेपालको मुख्य चासोको रुपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले ब्यहोर्ने सहमति भएको छ । नेपाल र मलेसिया बिच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो । मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अनुसार कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषयहरु सम्बोधन भएको हो ।

अब मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान गरिएको थियो । दुई पक्षबिच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रुप दिन लागिएको हो । सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरन नेपाल आउनु हुने छ । नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu