ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा पन्ध्रलाख भन्दा बढी कमाउने नेपाली मजदूर


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ४ : ३९   बजे

 काठमाडौं, १३ असोज । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् ।

तिनैमध्येका एक हुनुहुन्छ, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत हुनुहुन्छ । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा रु १६ लाखभन्दा बढी कमाउनुहुन्छ । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्नुहुन्छ क्षेत्री ।

“इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महीनामा तलब मात्र रु १५ लाख हुन्छ । यता उता गर्दा १८ देखि माथि पुग्छ ।” चेन होटल चीन, मलेसिया, सिङ्गापुर, ब्रुनाई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्डमा गरेर ६२ वटा होटल छन् । क्षेत्रीले उक्त होटलेको एशिया विभाग हेर्नुहुन्छ ।

शुरुमा चेन होटल सेराटनमा सेवा गर्नुभएका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा विगत सात वर्षदेखि कार्यरत हुनुहुन्छ । होटल राम्रोसँग चलेको छ । नेपाली धेरै आउछन् । होटल क्षेत्रको १८ वर्षभन्दा बढीको यात्रामा उहाँ भन्नुहुन्छ, यहाँ धेरै नेपालीहरूमा पनि राम्रो पदमा ठूलै कमाइ गर्ने साथीहरु हुनुहुन्छ । उहाँहरुसँग मिलेर नेपालमै केही गरौँ की भन्ने सोचाइ पनि छ ।”

नेपालमै उच्च शिक्षा लिनुभएका क्षेत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गर्नुभयो । क्षेत्रीलाई पहिला पढ्नै पर्ला जस्तो लाग्दैनथ्यो अहिले काम गर्दै जाँदा शिक्षाको महत्व झल्किएको छ । “नेपालमा पर्यटनको भविष्य राम्रो छ किन नेपालीले अरुलाई कमाउन दिने हामी आफैँ लगानी गरेर प्रतिफल लिनसक्छौँ”, उहाँको भनाइ छ ।

कमाइसँगै रोजगारी पनि 

क्वालालम्पुरमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी शङ्करप्रसाद आचार्य नेपाली रेष्टुराँ तथा डान्स् बार सञ्चालन गर्नुहुन्छ । यहाँ नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन् । व्यवसाय राम्रै चलेको छ, भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाउनुभएका आचार्य अनुकूल वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने सुझाउनुहुन्छ ।

काठमाडौँका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउनुहुन्छ । शुरुमा चारवटा रेष्टुराँ र एक मिनिमार्केटसमेत चलाउनुभएका उहाँको हिमाल रेष्टुराँमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उहाँजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा मलेसियन रिङ्गेट एक लाख लगानी गर्नैपर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाउनुभएका उहाँ शुरुको जस्तो राम्रो व्यवसाय नचलेको बताउनुहुन्छ ।

सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत तीन वर्षदेखि होटल ग्राण्डमा काम गर्नुहुन्छ । हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिङ्गेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ । काम सजिलै छ । काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै एक दुई वर्ष बस्ने योजना सुनाउँदै चौहानले भन्नुहुन्छ, “समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महीनाको एक लाख जति कमाइ गर्छन् ।”

क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली हुनुहुन्छ भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनीयरमा दिनेश पौडेल कार्यरत हुनुहुन्छ ।

मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदूरले पनि राम्रो कमाएर प्रगति गरेका छन् ।यहाँको फम कम्पनीमा पाण्डे अप्रेटरको रुपमा काम गर्नुहुन्छ । कम्पनीमा दुई हजारभन्दा बढी नेपाली र बङ्गालीमध्ये २०० नेपाली नै छन् ।

यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महीनामा रु दुई लाख पनि कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ ।

सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्नुहुन्छ । काम राम्रो चलेका बेला महीनामा आरएम २५ सय देखि २९ सयसम्म कमाइ हुन्छ । कम्तीमा पनि दुई हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन। करीब १८ सय मजदूर रहेको उक्त कम्पनीमा नेपाली मात्रै एक हजारको सङ्ख्यामा कार्यरत छन् ।

नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ ।विश्व पर्यटनको आकर्षणको रुपमा रहेको मलेसियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा तीन करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा तीन करोड पर्यटक पु¥यउने मलेसियाको लक्ष्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group