ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुर घटनामा ढिलाइ हुन सक्दछ तर वास्तविक दोषि पत्ता लाग्छ : सांसद बस्नेत


एबीसी न्यूज
१५ आश्विन २०७५, सोमबार   ८ : ०३   बजे

कास्की, १५ असोज ।  सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताउनुभएको छ । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उहाँको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही घटनाको उदाहरण दिँदै निर्मला पन्तको घटनाको पनि वास्तविकता पत्ता लाग्ने र दोषीलाई कारवाही हुने भनाइ राख्नुभएको हो ।

“१३ वर्षपछि रानीवन हत्याकाण्ड पत्ता लाग्यो, रणबहादुर बमको घटना पत्ता लाग्न पनि तीन वर्ष समय लाग्यो”, बस्नेतले भन्नुभयो, “थुप्रै राष्ट्रिय÷अन्तर्राष्ट्रिय घटना छन्, जसको वास्तविकता पत्ता लाग्न समय लागेको छ । कञ्चनपुर घटनामा पनि ढिलाइ हुन सक्दछ तर दोषी पत्ता नलाग्ने भन्ने हुँदैन ।”

पहिला बलात्कारलगायत महिला हिंसाका घटना भित्रभित्र मिलाउन दबाब दिएर दबाउने गरिए पनि अहिले महिला चेतना बढेको कारणबाट घटना सार्वजनिक भएर कानूनी दायरा र प्रक्रियामा आउन थालेको सांसद बस्नेतको भनाइ छ ।

निर्वाचनमा दलबीच प्रतिस्पर्धा भएर एउटाले बहुमत ल्याएर सरकार चलाए पनि निर्वाचित सरकारले ल्याउने विकासका कार्यक्रममा भने सत्तापक्ष÷प्रतिपक्ष नभनी एकताका साथ अघि बढ्न उहाँले दलहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group