ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा


admin
१६ आश्विन २०७५, मंगलबार   ५ : ३७   बजे

फ्रान्स, १६ असोज । उत्तरी फ्रान्सको शिते इस्लामिक केन्द्रका मुख्यालयहरु तथा यसका नेताहरुका घरमा करिब २०० फ्रान्सेली प्रहरीले छापा पारेको छ । सुरक्षा स्रोतहरुले यी शंकास्पद व्यक्ति र संस्थाहरुले आतङ्कवादी संस्थाहरुलाई मद्दत गरेको जनाएका छन् ।

आतङ्कवादी कृयाकलापबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी ग्रान्ड सिन्थेस्थित जाहरा सेन्टरको कार्यालयमा प्रहरीले छापा मारेको क्षेत्रीय प्रहरीले जनाएको छ । सुरक्षा स्रोतका अनुसार यसक्रममा ११ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले उक्त सेन्टरको सम्पत्ति पनि रोक्का राखेको छ । यो सेन्टरको नेतृत्व याहिआ गौसमीले गरिरहनुभएको छ । उहाँमाथि इरानसँग नजिकिएको र यहूदी बिरोधी धारणा सार्वजनिक गर्ने गरेको आरोप छ ।

प्रहरीले उक्त सेन्टरका गतिविधिहरुलाई नजिकबाट नियालीरहेको जनाएको छ । यो सेन्टरले धेरैवटा आतङ्कवादी संस्थालाई मद्दत गरेको तथा फ्रान्सका नीति नियमभन्दा फरक धारणा राख्दै आएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् ।

सेन्टरको वेबसाइटमा सन् २००९ मा सेन्टर स्थापना भएयता यसले इस्लाम धर्मका बारेमा जानकारी दिने गरेको उल्लेख छ । इरानी विपक्षी समूहले गत जुनमा फ्रान्समा आयोजना गरेको भेलामा बम हमला गर्ने योजनामा यो सेन्टरसँग आबद्ध व्यक्तिको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले बेल्जियम, फ्रान्स र जर्मनीबाट पनि ६ जनालाई पक्राउ गरेको छ । यो बम हमलामा इरानी कुटनीतिज्ञको समेत संलग्नता रहेको बताइन्छ ।

सन् २०१५ देखि निरन्तर भइरहेका इस्लामिक आक्रमणपछि फ्रान्समा उच्च सतर्कता अपनाइएको छ । यसबीचमा इस्लामिक आक्रमणमा दुई सय ४६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group