ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा सुरक्षा कार्य योजना कार्यान्वन ल्याइयो


admin
१८ आश्विन २०७५, बिहिबार   १२ : ०३   बजे

धनगढी, १८ असोज । नजिकिँदै गएको बडादशैँ, दीपावली र छठपर्वको समयमा कुनै अवाञ्छित एवं आपराधिक घटना हुन नपाओस् भनेर जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा कार्य योजना कार्यान्वनमा ल्याएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कार्यालयका प्रमुुख प्रहरी उपरीक्षक विनोद घिमिरेले चाडपर्वको समयमा आपराधिक एवं अवाञ्छित घटना बढ्न सक्ने भन्दै यस्ता घटना हुन नदिनका लागि सुरक्षा कार्य योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

सुरक्षा कार्य योजनाअन्तर्गत चाडपर्वको समयमा कार्यालयको सुरक्षामा खटिने प्रहरीबाहेक ७३२ प्रहरी र आवश्यकताअनुसार सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको छ ।

यस्तै चाडपर्वको समयमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरी कैलालीको प्रमुख सीमानाका त्रिनगर भन्सार सीमानाका साथै धनगढी, अत्तरिया र लम्कीमा ‘हेल्प डेस्क’ (सहायता कक्ष) समेत स्थापना गर्न लागिएको छ ।

त्रिनगर भन्सार सीमा नाकामा पहिलोपटक अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरको व्यवस्थासहितको ‘हेल्प डेस्क’ स्थापना हुन लागेको जनाइएको छ । चाडपर्वको समयमा सीमा क्षेत्रमा बढ्न सक्ने आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सीमापारि भारतीय प्रहरीसँग पनि समन्वयको व्यवस्था मिलाइएको छ ।

सुरक्षा योजनाअन्तर्गत नगर क्षेत्रमा सादा पोशाकका प्रहरी टोली, मोटरसाइकल गस्ती र मोबाइल गस्ती, पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियादेखि चिसापानीसम्म आवश्यकताअनुसार प्रहरीको थप गस्ती टोलीको व्यवस्था पनि गरिएको छ ।

यातायातका साधनमार्फत् गन्तव्यमा जानेको यात्रा सहज र सुरक्षित बनाउनका लागि निगरानी गर्ने व्यवस्था मिलाइएको र आफ्नो गाउँठाउँमा कुनै प्रकारको असुरक्षाको वातावरणको स्थिति देखिएको अवस्थामा तत्कालै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नम्बर १००,१०४ वा ९१५२१०८६ मा फोन गर्न सकिने पनि प्रहरी उपरीक्षक घिमिरेले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group