काठमाडौं, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन आह्वान गरेकी छन । वातावरण विभागले आज काठमाडौंमा गरेको वातावरण सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन ।
उनले प्रकृतिसँग वातावरण जोडिएको र यससँगै मानिसको जीवनसमेत गाँसिएको भन्दै वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउनुपर्ने बताएकी छन । भण्डारीले वातावरण संरक्षणलाई प्रदूषणसँग जोडेर त्यहाँबाट उठ्ने करलाई वातावरण संरक्षणमा लगाउन उनले सरकारलाई सुझाव दिएकी छन ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तह र प्रदेशमा समेत वातावरण स्वच्छ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्
प्रतिक्रिया दिनुहोस्