ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण : सुरु देखि अहिलेसम्म प्रमाण नष्ट गर्ने काम भइररहेकाले न्याय पाउनेमा आंशका


एबीसी न्यूज
२३ आश्विन २०७५, मंगलबार   ८ : १२   बजे

छबी सापकोटा
काठमाडौं, २३ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको अढाई महिनाभन्दा समय बितिसकेको छ । तर हत्या प्रकरणको सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीको सुईंको समेत पाउन सकेको छैन । सरकारबाट गठित समितिले गुपचुपमा गृहमन्त्रालयमा बुझाएको र आइतबार मात्र सार्वजनिक प्रतिवेदनमा समेत हत्या कस्ले गरेको खुल्ला नसक्नुले सुरुबाट नै निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीको चरम लापरबाही भएको देखिएको छ ।

गत साउन १० गते साथीको घरबाट बिद्यालको गृहकार्य सकेर घर जादै गरेकी निर्मलाको बलात्कारपछि हत्या भएको अढाई महिना भन्दा बढि समय भएको छ । निर्मलाको हत्या गर्नेहरुलाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भए पनि यसबीचका सबै अनुसन्धान हत्यारा पत्ता लगाउन असफल भएका छन् । प्रहरी अनुसन्धानले सत्यतथ्य ल्याउन नसकेपछि सरकारबाट गठित अनुसन्धान समितिको प्रतिवेदनले समेत दोषिको किटानी गर्ने सकेको छैन ।

सरकारले गठन गरेको अनुसन्धान टोलीले दिएको प्रतिवेदनमा निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि प्रहरीले वेवास्ता गरेको, घटनासंग सम्बन्धित प्रमाण नष्ट गर्नेकाममा प्रहरीकै संलग्नता रहेकोले दोष सबै प्रहरीतर्फ खनिएको छ । यता निर्मला बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चादनी साउद निलम्बनमा परेका हुन् । चादनीले निर्मलाको शवबाट सुरुवाल तानेर पखालेकी थिइन् । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परिसकेका छन ।

सरकारी अनुसन्धान समितिको प्रतिवेदनमा निर्मला हत्या प्रकरणका दोषि पत्ता लगाउनका लागि प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना शंकास्पद भएको समेत बतँइएको छ । प्रहरीले अझैसम्म अपराधि पत्ता लगाउन नसकेपछि चौतर्फि प्रहरी संगठनकै आलोचना भइरहेको छ ।

प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले तयार पारेको बरामदी मुचुल्कामा लगाएको कपडामा समेत दुई थरीको भएकोले समेत प्रहरीकै संलग्नतामा अपराधी लुकाउन खोजीएका देखिन्छ । नियतबंश नै प्रमाणका कडिहरु भत्काउने प्रयास भएको मानव अधिकारकर्मीको बुझाइ छ । ।

यस्तै मानव अधिकारवादीहरुको यसरी घटना लुकाउन खोजीलेले कतै न कतै अनुसन्धान बिग्रनेमा प्रहरी संगठनको भुमिका रहेको घटनाले देखाएको छ । प्रहरीले बलत्कारपछि हत्या जस्तो जघन्य अपराधको अनुसन्धानमा सुरुदेखि हेलचक्राई गर्न खोेजेको घटनाले अपराधी प्रहरीकै सरक्षणमा हुन सक्ने अनुमान अझै देखिन्छ ।

यता उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सुक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । अपराध पत्ता लगाउने आधार प्रहरीबाट नै नष्ट गरिएको सम्भाबित प्रमाणहरु सुरु देखि अहिलेसम्म नष्ट गर्ने काम भइररहेकाले निमर्लाले न्याय पाउनेमा समेत आंशका देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group