ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मठ प्रहरीले अपराध नियन्त्रणमा योगदान पुर्याएको छ : प्रधानमन्त्री ओली


admin
२५ आश्विन २०७५, बिहिबार   १० : ५४   बजे

काठमाडौं ,२५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको बताएका छन् । ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त करा बताएका हुन ।

बलात्कार, हिंसा, हत्याको नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको भन्दै प्रशंसा गरेका छन ।

नेपाल प्रहरी सदैब जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न सशस्त्र द्वन्द्वमा गुज्रँदा सीमित स्रोत र साधनका बीच आन्तरिक सुरक्षा कायम गरेको स्मरण गरेका छन ।

प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको तथ्यांक पेश गर्दै उनले साख जोगाउन अझ बढी व्यावसायिक हुन सुझाव दिए ।

शान्ति सुरक्षा र अमन चयन कायमका लागि प्रहरीको मनोबल बृद्धिमा जोड दिएका प्रधानमन्त्रीले यसका निम्ति सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन ।

ठूलो राजनीतिक उथल पुथल र परिवर्तनपछि देश समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने अभियानमा रहेको स्मरण गराउँदै उनले यसका लागि शान्ति सुरक्षा पहिलो आवश्यकता रहेका बताएका छन । यसका लागी प्रहरी आगामी दिनमा थप जिम्मेवार सक्रिय हुनुपर्ने उनले बताए ।

प्रविधिको दुरुपयोग गरेर अन्तरदेशीय रुपमा हुने अपराध, आतंकवाद, अतिवाद दिनप्रतिदिन नयाँ स्वरुपमा देखापरेको भन्दै त्यसलाई रोक्न छिमेकी देशहरुसँग सम्बन्ध विस्तार गर्न समेत प्रधानमन्त्रीले जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu