ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीकः मुद्राकोष प्रमुख लागार्ड


admin
२५ आश्विन २०७५, बिहिबार   ४ : ५६   बजे

इन्डोनेसिया, २५ असोज ।अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या सिर्जना गरेको आरोप लगाउनुभएको थियो ।

मुद्राकोष र विश्व बैंकको इन्डोनेसियामा शुरु भएको वार्षिक बैठकमा सम्बोधन गर्दै प्रमुख लागार्डले बढ्दो वित्तीय अस्थिरताले विश्वभर समस्या ल्याउने खतरा रहेको चेतावनी दिनुभयो ।

इन्डोनेसियाको बालीमा आयोजित पत्रकार भेटघाटमा लागार्डले वित्तीय बजारमा देखिएका समस्या सुल्झाउन केन्द्रीय बैंकहरुले स्वतन्त्र किसिमबाट निर्णय गर्न पाउनुपर्छ भन्नुभयो ।

बुधबार अमेरिकी वाल स्ट्रिटमा समस्या आएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले ब्याजदर बढाएर गल्ती गरेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मेरो विचारमा फेडको निर्णय मूर्खतापूर्ण हो ।”

ट्रम्पले वाल स्ट्रिटमा भएको बढोत्तरीलाई आफ्ना नीतिहरुको सफलताका रुपमा प्रचार गर्नुका साथै ब्याजदरमा निरन्तर भइरहेको वृद्धिका सम्बन्धमा केन्द्रीय बैंकको आलोचना गर्नुहुन्छ ।

आर्थिक परिदृश्यमा कालो बादल लागिरहेको परिस्थितिमा छलफल गर्न इन्डोनेसियाको बालीमा विश्वका वित्तीय प्रमुखहरु छलफलमा जुटेका छन् । बुधबार मात्र मुद्राकोषले सार्वजनिक गरेको विश्वको आर्थिक परिदृश्य प्रतिवेदनमा व्यापार तनाव अझ बढेमा वा उदीयमान अर्थतन्त्रमा गिरावट आएमा जोखिमहरु देखिने बताएको थियो ।

विश्वमा अहिले खासगरी अमेरिकी राष्ट्रपति ट्रम्पको चीनसँगको करवृद्धि युद्ध तथा विश्वभर स्थापित व्यापारिक व्यवस्थालाई ट्रम्पको अस्वीकृतिले समस्या निम्त्याएको छ ।

मुद्राकोष प्रमुख लागार्डले विश्वको व्यापार प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले वर्षौंको प्रयत्नबाट निर्माण भएको यो प्रणालीलाई भत्काउन नहुने चर्चा गर्नुभयो । हाल विश्वभर राष्ट्रवादी र संरक्षणवादी धारणा प्रखर रुपमा उठ्न थालेको अवस्थामा लागार्डको यो भनाइ सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu