ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियाबाट आयो नेपालीहरुको लागी खुसी खबर, कात्तिक १२ देखी निःशुल्क रोजगारी खुल्ने


admin
२८ आश्विन २०७५, आइतबार   ११ : ५९   बजे


काठमाडौं,२८असोज । मलेसिया सरकारले नेपाली कामदार निशुल्क मलेशिया लौजान सहमत भएको छ । बैदेशिक रोजगारको रुपमा नेपालीहरु लाखौ तिर्नु पर्ने बाध्यता हटाउनका लागि नेपाल र मलेसियाबीच निशुल्क रुपमा नेपाली कामदार लैजान सहमत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाली कामदारलाई निशुल्क मलेसिया लैजाने व्यवस्थाको लागि कात्तिक १२ गते नेपाल र मलेसियाबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने बताइएको छ । समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११ गते काठमाडौं आउनु हुने श्रम मन्त्रालयले जनाएको छ ।

बैदेशिक रोजगारीमा बढ्दो ठगिलाई रोक्नका लागि श्रम मन्त्री गोकर्ण बिष्टले केही महिनादेखि नेपाली कामदार मलेसिया जान रोक लगाएका थिए । कामदार नै रोकिएपछि मलेसिया भिसा प्रक्रिया निःशुल्क बनाउन सहमत भएको छ ।

मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नया प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत महिना एमओयूको मस्यौदासहित प्रस्ताव पठाएको थियो । मस्यौदाको ड्राफ्टसहित नेपालले पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थिया ।

मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै पुन दोस्रो पटक ड्राफ्ट मलेसिया पठाइएको हो । दुई देशबीच एमओयूको सहमति अनुसार नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने बताइएको छ ।

एमओयूमा हस्ताक्षरपछि मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नु नपर्न मन्त्रालयका अधिकारीले जनाएका छन । हस्ताक्षर हुन लागेको एमओयुमा नेपाली कामदारका लागि दुई वर्षको करार अवधि रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu