ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानी प्रधानमन्त्री आबे पाँच दिने भ्रमणका लागि युरोप प्रस्थान


admin
३० आश्विन २०७५, मंगलबार   १ : ४१   बजे

टोकियो, ३० असोज । जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुुभएको छ ।

उहाँ यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री आबेले यसै भ्रमणकै क्रममा बेल्जियममा आयोजना हुन लागेको एसिया¬ युरोप बैठकमा पनि सहभागी हुनुहुने बताइएको छ ।

त्यस भ्रमणका लागि स्पेन लाग्नुअघि प्रधानमन्त्री आबेले यस क्रममा एसियाली र विश्वकै अर्थतन्त्रका विविध पक्षहरुमा द्धिपक्षीय र बहुपक्षीय बैठकहरुमा कुराकानी हुने जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री आबे यस भ्रमणको क्रममा पहिला स्पेन पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुहुने छ ।

त्यसैगरी उहाँले स्पेनका राजा फिलिप छैठौँसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको जापानी विदेश मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

फ्रान्समा उहाँले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग औपचारिक तथा द्धिपक्षीय भेट गर्नुहुने छ । सो भेटका क्रममा जापान र फ्रान्ससम्बन्धी व्यापारिक विभिन्न विषयमा पनि कुराकानी हुने जनाइएको छ ।

सो भेटका क्रममा जापान फ्रान्स व्यापारिक सम्झौता हुने पनि जनाइएको छ ।त्यस क्रममा जापान युरोपियन युनियन स्वतन्त्रता व्यापार सम्झौताका बारेमा पनि उहाँहरुबीच कुराकानी हुनेछ ।

प्रधानमन्त्री आबे बिहीबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्नुहुने छ । ब्रसेल्समा आयोजना हुने दुई दिने एसिया युरोप बैठकमा उहाँ सहभागी हुनुहुने कार्यक्रम रहेको पनि उहाँको भ्रमणसम्बन्धी तालिकामा जनाइएको छ ।
यस बैठकमा एसिया र युरोपका नेताहरुको सहभागिता रहने बताइएको छ । त्यहाँ सहभागी विभिन्न देशका नेताहरुसँग पनि उहाँले द्धिपक्षीय वार्ताहरु गर्नुहुने छ ।

यस वर्षको उक्त एसिया युरोप बैठकमा विभिन्न एजेण्डाहरु रहेका छन् । तीमध्येका यस पटकको बैठकका प्रमुख एजेण्डामा साइबर सुरक्षा, महिलाको सशक्तिकरण र जलवायु परिवर्तन र यसको असरबाट बच्नसक्ने उपायहरु रहेका छन् ।

उक्त सम्मेलन आगामी बिहीबार र शुक्रबारका लागि आयोजना गरिएको छ । प्रधानमन्त्री आबे उक्त बैठक समापनपछि शनिबार स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu